पाँच हजार सवारीसाधन कारवाहीमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाँच हजार सवारीसाधन कारवाहीमा


२ असार २०७६, सोमबार


म्याग्दी । म्याग्दीमा चालू आर्थिक वर्ष २०७५र७६ को ११ महीनाको अवधिमा पाँच हजारभन्दा बढी सवारीसाधन कारवाहीमा परेका छन् । साउनदेखि जेठ महीनासम्म ट्राफिक नियम उल्लङ्घन गर्ने पाँच हजार ३५६ सवारीसाधनका धनी तथा चालकलाई कारवाही गरेर रु ३६ लाख ७० हजार राजश्व सङ्कलन गरेको छ ।

नियमविपरीत सवारीसाधन चलाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने र आवश्यक कागजातविना सवारी चलाउने ट्रकरटिपर, बस, जिप, कार, भ्यान, ट्र्याक्टर, मोटरसाइकल, स्कुटरका चालक र सवारीधनीलाई कारवाही गरिएको प्रहरी सहायक निरीक्षक मित्रलाल ढकालले जानकारी दिए ।

ट्रकरटिपर ८९७, बस ९२८, जिप कार भ्यान एक हजार ९९०, ट्र्याक्टर ५४५, मोटरसाइकल स्कुटर ९१७ लाई कारवाही भएको छ । ९४ सवारी चालकलाई मादक पदार्थ सेवन गरेर सवारी चलाएकोमा कारवाही गरिएको कार्यालयका प्रहरी जवान बैकुण्ड पौडेलले जानकारी दिए । यस वर्ष म्याग्दीमा सात दुर्घटनामा दुईको मृत्यु, पाँच सिकिस्त घाइते, १३ समान्य घाइते र दुई बेपत्ता भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस