विश्वकप क्रिकेट : भारतसँग पाकिस्तान ८९ रनले पराजित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्वकप क्रिकेट : भारतसँग पाकिस्तान ८९ रनले पराजित


२ असार २०७६, सोमबार


काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो ।

३३७ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानले ब्याटिङ गरेको थियो । पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो ।

पाकिस्तानले ४० ओभरमा ६ विकेटको क्षतिमा २१२ रन मात्रै बनाएपछि ८९ रनले हार ब्यहोरेको हो ।

पाकिस्तानका लागि फखर जमानले ६२ रन, बाबर अजामले ४८ रन इमाद वासिमले अविजित ४६ र शादब खानले २० रन बनाए ।

भारतका लागि विजय शंकर, हार्दिक पाण्ड्या र कुलदीप यादवले समान २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३३६ रन बनाएको थियो । रोहितले १४० रन केएल राहुलले ५७ रन बनाए ।

त्यस्तै, विराट कोहली ७७ रन र हार्दिक पाण्ड्याले भने २६ रन बनाए ।

बलिङतर्फ मोहम्मद अमिरले तीन विकेट लिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस