निगमले घटायो डिजेल, पेट्रोल र मटितेलको मूल्य « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

निगमले घटायो डिजेल, पेट्रोल र मटितेलको मूल्य


२ असार २०७६, सोमबार


नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगमले डिजेल र पेट्रोल र मटितेलको मूल्य घटाएको छ । सबै पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

मूल्य घटैसँगै काठमाडौंको नयाँ खुद्रा विक्री मूल्य पेट्रोलको १ सय ८ रुपैयाँ कायम भएको छ भने डिजेल र मटितेल ९६.५० रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

यस्तै हवाई ईन्धन र एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस