प्रदेशसभाको बैठकमा राजश्वको, व्ययको र आर्थिक विधेयक प्रस्तुत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेशसभाको बैठकमा राजश्वको, व्ययको र आर्थिक विधेयक प्रस्तुत


प्रशासन संवाददाता

१ असार २०७६, आइतबार


हेटौँडा । प्रदेश नं ३ प्रदेशसभाको आज साँझ बसेको दोस्रो बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्ष ०७६/७७ का लागि बजेट प्रस्तुत गरे लगत्तै राजश्व र व्ययको अनुमान र आर्थिक विधेयक, २०७६ को दफावार छलफलका लागि प्रस्ताव राखे ।

सरकारको बजेट विनियोजित शीर्षक र राजश्वको व्ययको अनुमान छलफलका लागि यही असार ५ गते दिनको १ बजे बैठक बस्ने भएको सत्तारूढ नेकपा संसदीय दलका प्रमुख सचेतक रामेश्वर फुयाँलले जानकारी दिए । सभामुख सानुकुमार श्रेष्ठले अर्को बैठक असार ५ गते दिनको १ बजे बस्ने जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस