२ जेष्ठ २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निःशुल्क हाइड्रोसिलको उपचार शुरु

अ+ अ-

गलकोट । धवलागिरि अञ्चल अस्पताल बागलुङले निःशुल्क हाइड्रोसिलको उपचार शुरु गरेको छ । अस्पतालले यस अगाडि न्यूनतम शुल्कमा हाइड्रोसिलको परामर्श शल्यक्रिया तथा उपाचार प्रदान गर्ने भने पनि चिकित्सकको अभावमा गर्न सकेको थिएन । हाल चिकित्सकहरुको आगमनसँगै निःशुल्क हाइड्रोसिलको शल्यक्रियासम्मको सेवा शुरु गरिएको अस्पतालले जनाएको छ ।

हात्तीपाइले रोगको जीवाणु शरीरमा प्रवेश गरेपछि पुरुषको शरीरको अण्डकोष सुन्निने, रातो हुने र पानी जम्ने अवस्थालाई हाइड्रोसिलको निदान आवश्यक रहेको अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. सागरकुमार राजभण्डारीले बताए ।

“हाइड्रोसिलको शल्यक्रियाका लागि सर्जन तथा एनेस्थेसिया चिकित्सकको अभावका कारण जनताले पैसा तिर्दासमेत सेवा लिन पाएका थिएनन्”, राजभण्डारीले भने, “अहिले सर्जन तथा एनेस्थेसियाका चिकित्सकको आगमनसँगै हाइड्रोसिलको शल्यक्रिया शुरु भएको हो ।” रोग लुकाउने तथा सरकारी अस्पतालमा उपचारका लागि नआउने हाइड्रोसिलका रोगीलाई आकर्षण गर्नका लागि सचेतना अभियान आवश्यक रहेको डा राजभण्डारीले बताए । राजभण्डारीका अनुसार निजी अस्पतालमा हाइड्रोसिलको शल्यक्रिया गर्दा सातदेखि १० हजार खर्च लाग्छ ।

“हाइड्रोसिल सामान्य प्रकारको रोग हो, तर हेलचेक्र्याइँ गर्दा ठूलो रुप लिन सक्छ”, सर्जन डा आकाश चित्रकारले भने, “निःशुल्क शल्यक्रिया, औषधि तथा परामर्शका लागि रोग पाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।” पछिल्लो समय अञ्चल अस्पतालले प्रदान गरेको सेवासुविधाले बिरामीको मन जित्दै गएको छ ।

चिकित्सक अभाव खड्किरहने अस्पतालमा अहिले नौ विशेषज्ञसहित २३ चिकित्सकले सेवा प्रदान गर्दै आएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए। अस्पतालको चुस्त व्यवस्थापनसँगै दैनिक ५०० को हाराहारीमा बिरामी उपचारका लागि अञ्चल अस्पतालमा आउने गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी रानामगरले बताए ।

प्रतिक्रिया दिनुहोस