२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वकप क्रिकेट : अष्ट्रेलियाद्वारा श्रीलंका ८७ रनले पराजित

अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंका ८७ रनले पराजित भएको छ । इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा विश्वविजेता अष्ट्रेलियाले श्रीलंकालाई ८७ रनले पराजित गरेको हो ।

३३५ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको श्रीलंकाले ४५.५ ओभरमा सबै विकेटको क्षतिमा २४७ रन मात्रै बनाउन सकेको  थियो ।

श्रीलंकाका लागि कप्तान दिमुख करुनरत्नेले ९७ रन बनाए । उनले कुशल परेरासँग मिलेर पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए । कुशलले मात्र ३६ बलमा ५ चौका र एक छक्का प्रहार गर्दै ५२ रन बनाए ।

१५.३ ओभरमै ११५ रन बनाएको श्रीलंकाले सुरुवाती उत्कृष्ट ब्याटिङ गरेको थियो । यही स्थितिमा गएको भए श्रीलंकाको जित शुनिश्चित थियो, तर अन्य खेलाडीले राम्रो गर्न सकेनन् । कुशल मेन्डिसले ३६ रन बनाए ।

बलिङतर्फ मिचेल स्टार्कले चार विकेट लिए । त्यस्तै केन रिचार्डशनले तीन र पट कुम्मिन्सले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले उत्कृष्ट प्रदर्शन गर्दै शतकसहित १५३ रन बनाए । उनले १३२ बलको सामना गर्दै १५ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै, स्टिेभन स्मिथले ७३ रन बनाउँदा ग्लेन म्याक्श्वेल ४६ रनमा अविजित रहे ।

बलिङतर्फ श्रीलंकाका इसुरु उदना र धनन्जय डे सिल्भाले समान २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस