२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अनुसन्धान पद्धति तथा वैज्ञानिक अनुसन्धान विकास तालिम सुरु

अ+ अ-

डोटी । डोटीमा पाँच दिने अनुसन्धान पद्धति तथा वैज्ञानिक अनुसन्धान विकास तालिम शनिवार देखि सुरु भएको छ ।

डोटी बहुमुखी क्याम्पस डोटीको आयोजना तथा विश्वविद्यालय अनुदान आयोग सानो ठिमी भक्तपुरको सहयोगमा आयोजित तालिम एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
क्याम्पसमा प्राध्यापन गर्ने शिक्षकहरूलाई अनुसन्धान विधि र अनुसन्धानका नयाँ नयाँ तरिकाहरूका बारेमा पुर्नताजकि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको डोटी बहुमुखी क्याम्पस डोटीका सहायक क्याम्पस प्रमुख अर्जुन बहादुर देउवाले बताए ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक कवि पोखरेलले वर्तमान समयमा उच्च शिक्षा उत्पादनशिलता सँग जोडिन नसके राज्यको लागि भार मात्र हुने बताए । उनले भने ‘हामीले नयाँ प्रबिधीकोयुग सँगै प्राध्यापकहरूलाई अनुसन्धानात्मक शैलीमा अध्यापन गराउन, स्व व्यक्तिगत क्षमता अभिवृद्धि गर्न तालिमको लिन आवश्यक छ ।’

कार्यक्रमका विशिष्ट अतिथि तथा प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले सुदूरपश्चिम समग्र रूपमा हेर्दा राज्यबाट परेको भएपनी अर्को अवस्थामा सम्भावनाको खानी रहेको बताए । उनले भने ‘समय अनुकूल शिक्षा परिवर्तशिल हुनुपर्छ, व्यवहारिक हुनुपर्छ डोटीमा थुप्रै सम्भावना छ । ’

डोटी जिल्लाको शिक्षा क्षेत्रको उन्नतिमा सबैको जिम्मेवारी रहेको कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख राम बहादुर ऐरले बताए ।

डोटी क्याम्पसले पछिल्लो समयमा समयको माग अनुसारका विभिन्न विषयहरू थप गरिरहेको कार्यक्रमका सभापति एवं क्याम्पस प्रमुख कृष्ण बहादुर कठायतले बताए । उनले भने अध्ययन अनुसन्धान बिनाको अध्यापन प्रभावकारी हुँदैन त्यसैले यस्ता तालिम गोष्ठीहरू आवश्यक रहेको बताए । ’ डोटी बहुमुखी क्याम्पस नेपालको पुरानो क्याम्पसको भएको हुँदा हाल जति मात्रामा विकास हुनुपर्नेहो त्यो अवस्थामा पुग्न नसकेपनी हाल प्राबिधीमुलक बि सी ए को कक्षा सञ्चालन गरिरहेका र निकट भविष्यमा बि एस सी ऐजि सञ्चालनको तयारीमा रहेका बताए । सो अभियानलाई सफल पार्न सबैलाई सहयोग गर्न आगह समेत गरेका छन् ।

त्रिभुवन विश्व विद्यालयका प्राध्यापक कवि पोखरेर सहजिकरण गर्ने तालिममा शिक्षा क्याम्पस डडेघुरा, अछाम क्याम्पस मंगलसैन, केदार ज्योति पुन्ज बिपीनगर, डोटी क्याम्पसबाट गरी २४ जना प्राध्यापकहरूको सहभागिता रहको आयोजक डोटी बहुमुखी क्याम्पसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस