२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुत्केरीको मृत्यु हुँदा डडेल्धुरामा तनाव

अ+ अ-

डडेल्धुरा । सुत्केरी भएको १४ दिनपछि महिलाको मृत्यु भएपछि डडेल्धुरामा तनाव भएको छ । शल्यक्रिया गरी शिशु जन्माएकी अमरगढी नगरपालिका– ६ छचोडाकी वर्ष २६ की गीता ताम्राकारको शुक्रबार दिउँसो डडेल्धुरा अस्पतालमा अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको हो ।

धर्मराज ताम्राकारकी २६ वर्षीया श्रीमती गीताको मृत्यु अस्पतालको लापरवाहीले भएको भन्दै आफन्त प्रदर्शनमा उत्रेका हुन् । चिकित्सकले उपचारमा लापरवाही गरेको भन्दै मृतकका परिवार र आफन्तले अस्पताल, जिल्ला प्रशासन कार्यालय र सडकमा प्रदर्शन गरिरहेका छन् ।

बिहान १० बजेदेखि मृतकका आफन्तले सडक अवरुद्ध पारेका छन् । सडक अवरुद्ध हुँदा तराई–पहाड जाने यात्रु मर्कामा परेका छन् । रक्तस्राब नरोकिएपछि गीतालाई शुक्रबार परिवारले डडेल्धुरा अस्पताल भर्ना गरेको जनाएको छ । शल्यक्रियामै लापरवाही गरेको र समस्या बल्झिँदै जाँदा पनि अन्य अस्पतलमा नपठाइ त्यही राखेको आरोप आफन्तको छ ।

अस्पतालले मृत्तकका आफन्तको आरोप गलत भएको जनाएको छ । गीतालाई १२ पिन्ट रगत दिएर घर पठाइसकेको अवस्थामा उनको मृत्यु भएकाले अस्पतालको लापरवाही भन्नु उचित नभएको अस्पताल प्रशासनको दाबी छ ।

अस्पतालले आफ्नो बचाउ गरे पनि आफन्तले दोषी चिकित्सकमाथि कारवाही, शिशुको जीवनरक्षा र उचित क्षतिपूर्तिको माग राखेर आन्दोलन गरेका छन् । आक्रोसित आफन्तले अस्पताल परिसरमा ढुङ्गामुढासमेत गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीका अनुसार जिल्ला समन्वय समिति प्रमुख गणेशराज भट्ट, अमरगढी नगरप्रमुख, उपप्रमुख, नेकपा, नेपाली काङ्ग्रेसका नेतासहित मृतकका आफन्तसँग शुक्रबार रातभरिको छलफलपछि आज बिहान तीन बुँदे सहमति भएको थियो ।

घटनाको छानबिन गर्न मन्त्रालयस्तरबाट समिति खटाउने, शव परीक्षण पनि मन्त्रालयस्तरबाट नै फरक चिकित्सक बोलाई गर्ने र नाबालकको जीवन रक्षाका लागि उचित क्षतिपूर्ति दिने सहमति भएको थियो । तर बिहान १० बजे महिला र पुरुषको फरक÷फरक जुलुससहित क्षतिपूर्तिको माग राखी सदरमुकाम पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस