२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सञ्चार जगतले पनि राज्यको दायित्व पूरा गर्नुपर्छ : मन्त्री गुरुङ

अ+ अ-

कास्की । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्यको चौँथो अङ्गसञ्चार जगतले पनि राज्यका दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा आज पोखरामा शुभारम्भ गर्दै उनले समग्र पत्रकार एवं सञ्चार जगतले राज्यसँग जे अपेक्षा गरेको हुन्छ सोही अनुसार सञ्चार माध्यमले पनि योगदान पुर्‍याउनुपर्ने उनको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयकले संविधानको प्रस्तावना अनुकुल नभएको र लोकतान्त्रिक आन्दोलनको म्याण्डेट विपरीत रहेकाले महासङ्घ र सिङ्गो नेपाली मिडिया आन्दोलनमा उत्रनु परेको बताए। राष्ट्रिय सूचना आयोगका आयुक्त एशोदा तिमिल्सिनाले सूचनाको हक प्रयोग गर्न र सार्वजनिक सरोकारका विषयमा आम नागरिकले चासो लिनुपर्ने सुभाव दिए । प्रदेशसभामा प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक मणिभद्र शर्माले सूचनालाई बन्देज गरिए लोकतन्त्र सुदृढ नहुने भएकाले आफ्नो पार्टी पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा सदैव उभिने स्पष्ट पारे ।

कार्यक्रममा गण्डकी प्रदेभसभा सदस्य हरिशरण आचार्य, महासङ्घ प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेल, महासचिव गणेश पौडेललगायतले कुनै पनि बहानामा प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न नहुने र सञ्चारकर्मीले पनि आचारसंहितामा रहेर मर्यादित र तथ्यमा आधारित भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिएका थिए। साधारणसभामा महासङ्घ गण्डकीको पहलमा अमेरिका निवासी भीष्म अधिकारीबाट प्राप्त तीन लाख तथा पोखरा समाज सिड्नीका महासचिव दीपक पहारीबाट प्राप्त १० हजार सहयोग केही दिनअघि आगलागीबाट क्षति पुगेर प्रशारण बन्द भएको पर्वतको सामूदायिक रेडियो ‘रेडियो पर्वत’ का अध्यक्ष भोलानाथ शर्मालाई हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस