२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एक्ली बुढी (कथा)

अ+ अ-

पूर्वी पहाडी जिल्लाको एउटा विकट गाउँ । अधिकांश मानिस कृषिमा आश्रित । पातलो बस्ती, अनि त्यहीँ बस्तीमध्येको एउटी महिला–एक्ली बुढी । उमेरले ६ दशक लाग्यो होला तर वास्तविक नाम आजसम्म मलाई थाहा छैन, मलाई मात्र होइन आफ्नै परिवार, छिमेकी र समाजलाई पनि थाहा छैन । समाजलाई थाहा नभएको कुरो मलाई थाहा हुने कुरो पनि भएन ।

गरिबीको बोझ, अशिक्षित परिवार अनि दर्जनौँ सन्तानमध्ये परिवारको छैटौँ सन्तान हुन्–एक्ली बुढी । करिब १३ वर्षको उमेरमा विवाह । पन्ध्र वर्षको उमेरमा आमा, १७ वर्षको उमेरमा दुई सन्तानकी आमा, पच्चीस वर्षको उमेरमा ४ सन्तानकी आमा अनि पच्चीस वर्षकै उमेरमा विधवा । चार सन्तानमध्ये २ सन्तान बाल्यकालमै बिते अनि बाँकी रह्यो २ सन्तान(छोराहरू) । देशमा प्रजातन्त्र, पञ्चायत, बहुदलीय व्यवस्थाको पुनस्र्थापना, १० वर्षे सशस्त्र आन्दोलन (महान् जनयुद्ध), सङ्घीय लोकतान्त्रिक गणतन्त्र देशमा अनेकौँ शासन व्यवस्था आए तर एक्ली बुढीको जीवनमा कुनै व्यवस्थाले प्रभाव पारेन, उनको नाम कसैले फेर्न सकेन, उनीप्रति समाजको दृष्टिकोण कुनै शासन र शासकले पनि परिवर्तन गर्न सकेन—‘बोक्सी’ ।

एक्ली बुढीबाहेक उनको अर्को नाम हो–बोक्सी बुढी । बच्चादेखि वृद्धसम्म सबैले उनलाई बोलाउने नाम हो–एक्ली बुढी अनि मानिसले आपसमा कुराकानी गर्दा प्रयोग गर्ने नाम हो ‘बोक्सी बुढी’ । न उनले समाजलाई केही दिन सकी न समाजले उनलाई केही दिन सक्यो । एउटी अशिक्षित एकल महिला, गरिबीको मार, खानलाउन धौ धौ । समाजलाई दिन सक्ने उनीसँग केही थिएन । यदि उनीसँग भएको भए समाजलाई केही न केही त उनी पनि दिन्थी होली । समाजले चाहेको भए दिन सक्थ्यो उसलाई अनेकौँ कुराहरू, गर्न सक्थ्यो सम्मान, आदर अनि मानवीय व्यवहार तर समाजले चाहेन । समाजले दियो त केवल नाम ‘एक्ली बुढी’, ‘बोक्सी बुढी’ ।

उनको चार सन्तानमध्ये दुई छोरीहरू भगवानले बाल्यकालमै लगे, उनलाई बाँकी राखे दुई छोराहरू । गरिबीको मारमा उनले छिमेकीका छोराहरूसँगै आफ्ना छोराहरूलाई स्कुल पठाए । उनका छोराहरूलाई पनि साथीहरूले बोक्सीको छोरा भन्थे । समाजले पनि त्यहीँ भथ्यो । दुःख गरे, अनेकौँ कष्ट सहे, आँसुले अनेकौँ सिरानी भिजाए तर पनि हरेस खाइन एक्ली बुढीले । उनको पनि चाहना त थियो होला आफ्ना छोराहरूलाई पनि मास्टर बनाउने (गाउँमा शिक्षकलाई मास्टर भन्ने चलन रहेको), मास्टर बाहेक उनले अरू कुनै ठुलो मान्छे देखेको छैन आजसम्म । तर मान्छेको सबै चाहना कहाँ पूरा हुन्थ्यो र अनेकौँ बाधा, अवरोध, समय र परिस्थिति अनि भाग्यको नियति । उनको ती सबै चाहना पुरा भएन यो जुनीमा । दुःख, कष्ट सहेर आफ्ना छोराहरूलाई हुर्काइन् । कयौँ रात आफू भोकै र नाङ्गै बसेर पनि सन्तानलाई भोकै अनि नाङ्गै राखिनन् ।

बिस्तारै छोराहरू हुर्के अनि मजदुरी गर्न काठमाडौँ लागे । उनलाई लागेको थियो होला छोराहरू पैसा कमाएर एक दिन घर फर्कने छन् । अनि परिवारमा खुसीयाली आउने छ । तर न उनको छोराहरू फर्के न खुसीको आगमन भयो उनको जीवनमा । उनी एक्ली भइन् । ‘एक्ली बुढी’ भइन् ।

आजभन्दा करिब १५ वर्ष अगाडीको कुरो हिउँदको महिना, दिउँसोको ४÷५ बजेको हुँदो हो, म आँगनमा खेली रहेको थिएँ । मेरी आमाले मलाई एक्कासि हातमा तानेर भित्र लानु भयो अनि मझेरीमा लुकाउनु भयो र सुस्तरी भन्नु भयो, “बोक्सी आएको छ, बोक्सी नगएसम्म हल्ला नगर, नबोल, बाहिर नआइजा ।’ म चुपचाप बसेँ तर मेरो बालक मस्ती चुपचाप बसेन । सानोमा रुँदा भूत आउँछ भनेर आमाले डर देखाएको थाहा थियो । तर, बोक्सी आउँछ भनेको सुनेको थिइन । त्यहीँ दिनदेखि के होला बोक्सी ?, कस्तो होला बोक्सी ? अनि के गर्ला बोक्सीले ? भन्ने जिज्ञासा रह्यो म भित्र । तर कसैलाई सोध्न सकिनँ, आफैले बुझ्न सकिँन । तर, एउटा नयाँ शब्द सिकेँ, ‘बोक्सी’ । त्यसको भोलि पल्ट बिहान जब म निन्द्राबाट ब्युँझेँ मेरी आमा र छिमेकी काकी कुराकानी गरेको सुनेँ, ‘हिजो बोक्सी बुढीले देखेको कारण उहाँ काकीको ३ वर्षीया छोरी बिरामी भई ।’ आपत् बिपत, अनिकाल र भोकमरीमा समाजले उनलाई कहिल्यै सम्झेनन् । जब मुखीयाँको भैँसीले दूध दिन्न थियो, जब गाउँलेको नानीबाबु बिरामी हुन्थे अनि मानिसले उनलाई सम्झन्थे र भन्ने गर्थे, ‘बोक्सी बुढीले गर्दा यस्तो भयो ।’

म बिस्तारै हुर्किँदै गएँ । स्कुल जान थालेँ तर हामी मूल बाटो नगएर, जंलगको बाटो स्कुल जान्थ्यौँ, कारण थियो, ‘बाटोमा बोक्सी बुढीको घर ।’ यसरी गाउँमै जन्मे, हुर्के, गाउँबाटै माध्यमिक शिक्षा पूरा गरे र करिब डेढ दशक गाउँमै बिताएँ अनि सहर पसेँ । गाउँमा डेढ दशक बसाइँको क्रममा मैले कयौँ पटक उनलाई देखेँ, बाटोमा हिँड्ने क्रममा कैयौँ पटक भेट भयो हाम्रो तर, नजर जुधाएर बोलिन, उनले दिएको केही पनि खाइनँ । कारण थियो, बोक्सीले दिएको खान हुँदैन, बोल्नु हुँदैन । बोल्यो भने बिरामी भइन्छ अनि अरू के के हुन्छ के के ? कोही पनि बोक्सी हुँदैन भनेर मैले कैयौँ पटक पढेँ मेरो स्कुलको किताबमा तर त्यहीँ कुरा मैले मेरो आमालाई पढाउन सकिनँ, परिवारलाई पढाउन सकिनँ र समाजलाई पढाउन सकिनँ ।

म गाउँ छाडेर सहर पसेको पनि आधा दशक हुन लाग्यो, वर्षमा एक/दुई पटक आफ्नो घर जाने गर्छु । वल्लो घर, पल्लो घर जाने गर्छु, आफन्तमा जाने गर्छु तर एक्ली बुढीको घर जान सकेको छैन कारण हो मेरो परिवार, अनि समाज । ।

अब घर जाँदा अनेकौँ चाहनाहरूमध्ये एउटा चाहना छ, ‘एक्ली बुढी’कोमा गएर सँगै बसेर खाने, उनीसँग बोल्ने, उनले बिताएको जीवन बुझ्ने, गरेको दुःख, कष्ट सुन्ने, मनको पीडा बुझ्ने अनि परिवार र समाजलाई भन्ने, “मान्छे गरिब हुन्छन्, विधवा हुन्छन्, विदुर हुन्छन् तर विधवा हुँदैमा मान्छे बोक्सी हुँदैन, गरिब हुँदैमा मान्छे बोक्सी हुँदैन र संसारमा सबै मानिस समान हौँ, कोही पनि बोक्सी हुँदैन ।”

(यस कथामा हाम्रो नेपाली समाजमा एकल महिलाले जीवनमा गर्नु परेका अनेकौँ कष्टमध्ये बोक्सीको आरोपलाई भोग्नु परेको अमानवीय व्यवहारलाई देखाउन खोजेको मात्र हो । कसैको जीवनमा जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ ।)

प्रतिक्रिया दिनुहोस