सगरमाथा सिमेन्ट उद्योगीलाई ७ लाख जरिवाना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सगरमाथा सिमेन्ट उद्योगीलाई ७ लाख जरिवाना


प्रशासन विशेष ब्युरो

३१ जेष्ठ २०७६, शुक्रबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बर्दियाले सगरमाथा ब्रान्डको ओपीसी सिमेन्ट उत्पादक घोराही सिमेन्ट उद्योग दाङलाई ७ लाख जरिवाना गराएको छ ।

दाङ घोराहीस्थित उद्योगका सञ्चालक, निर्देशक र व्यवस्थापकबाट कालोबजारी ऐनअन्तर्गत ७ लाख जरिवाना लिइएको हो ।

उद्योगका सञ्चालक पुरुषोत्तम संघाईलाई ३ लाख, निर्देशक सञ्जय वंशल र व्यवस्थापक आदित्य संघाईलाई जनही २ लाख जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

करिब ११ महिनाअघि जिल्ला प्रशासन कार्यालयले घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित सगरमाथा ब्रान्डको ओपीसी सिमेन्ट गुणस्तरहीन भएको भन्दै बिक्री वितरण रोक्का गर्नुका साथै २३ लाख धरौटी लिई तारेखमा छाडेको थियो ।

‘बजार अनुगमनका क्रममा शंकालागेपछि नमुना सङ्कलन गरी गुणस्तर तथा नापतौल विभागमा पठाएका थियौँ ‘प्रजिअ कुरुम्बाङले भने, ‘विभागबाट गुणस्तर नभएको प्रतिवेदनका आधारमा कालोबजारी तथा सामाजिक अपराध ऐन २०३२ अन्तर्गत जरिवाना गराएका हौँ’

सिमेन्टमा म्याग्निसिया(खरानी) बढीमा ५ प्रतिशत हुनु पर्नेमा ६ दशमलव ५ प्रतिशत बढी भएको प्रशासनले जनाएको छ ।

सगरमाथा सिमेन्टमा कमसल र गुणस्तरहीन देखिएपछि जिल्लास्थित विकास आयोजना तथा सरकारी कार्यालयमा सगरमाथा ओपीसी सिमेन्ट प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालय, बर्दियाले उर्द्दीसमेत जारी गरेको थियो ।

प्रजिअ कुरुम्बाङले यसअघि पनि गुणस्तरहीन थुप्रै सिमेन्ट उद्योगहरूमाथि कारबाही अघि बढाएका थिए । कुरुम्बाङ इन्ट्याग्रिटी आइडल २०१८ का विजेता पनि हुन् ।

र यो पनि,

सगरमाथा सिमेन्ट गुणस्तरहीन : उत्पादन र बिक्री वितरण बन्द

Tags :
प्रतिक्रिया दिनुहोस