२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यसपटकको वसन्त याममा ६५९ जनाले गरे सगरमाथा आरोहण

अ+ अ-

काठमाडौं । सन् २०१९ को वसन्तयाममा शेर्पा गाइड (पथप्रदर्शक) सहित ६५९ जनाले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति प्राप्त २८१ आरोही र उनीहरुका सहयोगी ३७८ समेत गरेर जम्मा ६५९ जनाले सगरमाथाको आरोहण गरेको विभागले जनाएको छ ।

यस याममा सगरमाथा आरोहणका लागि विभिन्न ४४ आरोहण दलका ३८१ आरोही र उनीहरुलाई सहयोग गर्नका लागि ६४२ जना (सरदार, गाइड र शेर्पासमेत गरेर) जम्मा एक हजार २३ रहेका थिए । पर्यटन ऐन, २०३५ र पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अन्तर्गत सगरमाथा आरोहणका लागि अनुमति दिइएको हो ।

यस यामको सगरमाथा आरोहणका क्रममा ८ जनाको मुत्यु भएको र एक जना हराइरहेको विभिन्न एजेन्सीको विवरणलाई उद्धृत गर्दै विभागले उल्लेख गरेको छ । सगरमाथामा ट्राफिक जाम र अधिक अनुमतिपत्रका कारण आरोहीको मृत्यु भएको भनी सञ्चारमाध्यममा आएको विषयको खण्डन गर्दै विभागले आरोहणमा खटिने सम्पर्क र विभिन्न एजेन्सीको विवरणअनुसार मुत्युका कारण (लेक लाग्ने, प्रतिकूल मौसम तथा मौसमको सीमित अनुकूलता, अचानक मुर्छा पर्ने, शारीरिक कमजोरी) बाट खुल्न गएको स्पष्ट पारेको छ ।

सगरमाथा आरोहणका लागि यस वर्ष अनुमति प्राप्त आरोही सदस्य सङ्ख्या ३८१, सन् २०१८ मा ३४६ र सन् २०१७ मा ३६६ थियो । अघिल्लो भन्दा यस वर्ष ३५ जना मात्र बढी हो । त्यस्तै सन् २०१८ मा सन् २०१७ को तुलनामा १५ जना मात्र बढी रहेको विभागको अभिलेखले देखाएको छ । विभागको अभिलेख हेर्दा अधिक अनुमतिपत्र वितरण गरेकै कारण सगरमाथामा आरोही, सरदार गाइडको मृत्यु भएको हो भन्ने विषय वास्तविक नरहेको तथ्य तथ्याङ्कलेसमेत देखाएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस मौसममा सगरमाथा लगायतका हिमालको आरोहणका लागि क्रमशः मृत्यु भएका तथा हराइरहेकालगायत पर्वतारोहणका क्षेत्रमा देखा परेका नीतिगत, कानूनी, संरचनागत, कार्यविधिगत सुधारका लागि सुझाव दिन अध्ययन समिति गठन गरिएको छ ।

गत जेठ २४ गते (प्रधानमन्त्रीस्तर) को निर्णयबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जनशक्ति व्यवस्थापन तथा पर्यटन प्रवर्द्धन महाशाखा प्रमुखको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको र उक्त समितिले हाल उठाइएका विषयका अतिरिक्त यससँग सम्बन्धित सबै विषयमा गम्भीरतापूर्वक अध्ययन गरिरहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस