२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रिय आरक्षण 

अ+ अ-

प्रिय,आरक्षण
तिमी कति बहादुर
तिमी कति शक्तिशाली …..

म सुन्दथे
तिम्रो आयु १० वर्ष मात्र हो रे !
त्यति बेला मलाई लाग्दथ्यो
बिचरा!
छोटो आयु लिएर जन्मिएछ
म तिम्रो आयु बढाउन
राम! राम ! मात्र भन्न सक्थ्ये
काँध थ्याप्ने मेरो कुनै  हैसियत थिएन

प्रिय आरक्षण
तिमी कति बहादुर

तर आज
समय बित्दै गयो
दश हैन तेह्र वर्ष पुगिसक्यो
तर तिमी आजभोलि
झन् तन्नेरी भएको देख्छु
जोस र जाँगरका साथ
म बाच्न पाउनु पर्छ भन्दै
आवाज बुलन्द बनाउँछौ
प्रिय आरक्षण
तिमी कति बहादुर

प्रिय आरक्षण
मलाई लाग्छ
तिम्रो आयु धेरै लामो छ
अनन्त काल सम्म
न तिमी कहिल्यै बिरामी हुन्छौ
न कहिल्यै अपाङ्ग हुन्छौ
न कहिल्यै वृद्ध हुन्छौ
यो पटक तिमीलाई
सायद
सामान्य  रुघाखोकी  लागेको हुदोहो
सामान्य रुघाखोकी
जुन मौसम बदलिदा देखिन्छ
तर, प्रिय
तिम्रो त्यो सामन्य  रुघालाई
क्यान्सरमा परिणत गराइ
कहिल्यै सन्चो नहुने गरी
हावा फैलाउनेहरू
सक्रिय भएका छन्

तिमी र तिम्रा पक्षधर पनि
काँधमा काँध मिलाएर
रुघालाई क्यान्सर भन्नु मूर्खता हो
प्रिय आरक्षण
तिमी कति बहादुर

प्रिय आरक्षण
हामी चाहन्छौ
तिमी गरिबको कोखामा जन्म
जो चरम आर्थिक अभावमा
भोक र रोग सङ्ग लडिरहेका छन्
तिमी तिनीहरूको कोखमा जन्म
जसको शैक्षिक गन्तव्य अन्धकार छ
निःशुल्क ज्ञानको खोजीमा
पैसा सङ्ग सङ्घर्ष गरिरहेछन् ।
तिमी जातीयताको कोखामा होइन
वर्गीयताको कोखमा जन्मी
सबैको प्रिय बन्नु
हामी समय कुरिरहेछौ।
प्रिय आरक्षण
हामी समय कुरिरहेछौ

प्रिय आरक्षण
तिमी कति बहादुर
आज भोलि म सुदै छु
तिमी बर्गियतामा नभई
जातीयतामै  बाच्ने इच्छा
तीव्र हुँदै जाँदा
केही अवसरवादीहरू
केही राज्यका ठेकेदारहरू
तिमीलाई कोमामा पठाएर
करारमा
टेस्ट्युब बेबी जन्माउँदै छन् रे!!
यदि त्यो सफल भएको खण्डमा
तिमी धेरै वर्षसम्म  कोमामै रहनेछौ
शरीर छ तर मस्तिष्क शून्य
त्यति बेला हामिसबैको हार हुनेछ
जित उनीहरूकै हुनेछ

त्यसैले
प्रिय आरक्षण
यदि तिमी
वर्गीय कोखमा जन्मिँदैनौ भने
जातीयताको पक्षपोषण गरिरहन्छौ भने
तिम्रो आयु यति नै काफी छ
तिम्रो अन्त्य  सँगै
हामी धेरै युवा हरू
सामूहिक रूपमा
कपाल मुन्डन गरी
क्रिया गर्न आतुर छौ
हो,
प्रिय आरक्षण
हामी सामूहिक रूपमा
क्रिया गर्न आतुर छौ ।।

प्रतिक्रिया दिनुहोस