३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लमजुङमा अलैँची दाना बिक्रीबाट पाँच करोड आम्दानी

अ+ अ-

लमजुङ । जिल्लाका अलैँची कृषकले अलैँची दाना बिक्रीबाट रु ५ करोडभन्दा बढी आम्दानी गरेका छन् । लमजुङमा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट कृषकले रु पाँच करोड २५ लाख आम्दानी गरेका हुन् ।

गत वर्ष उत्पादित ६०० क्विन्टल अलैँची दाना बिक्रीबाट रु चार करोड ४८ लाख आम्दानी भएको थियो । गत वर्ष प्रतिकिलो रु ६०० देखि ८०० सम्म बिक्री भएको थियो । यस वर्ष प्रतिकिलो रु ६०० देखि ७५० सम्ममा अलैँची दाना बिक्री गरेको नेपाल अलैँची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङले जनाएको छ ।

जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रु दुई हजार २०० सम्म अलैँची दाना बिक्री गरेका थिए तर अहिले उक्त रकमको आधा मूल्यसमेत पाउन सकेनन् । अलैँची कृषकले कम्तीमा पनि प्रतिकिलो रु १ हजार हुनुपर्ने माग गर्दै आए पनि उक्त मूल्यमै अलैँची दाना बिक्री गर्न बाध्य हुँदै आएका छन् । यस वर्ष २० लाख अलैँची नर्सरी बिरुवा जिल्लामा उत्पादन भएको थियो भने १२ लाख ९९ हजार ५०० बिरुवा बिक्री भएको थियो ।

उक्त अलैँची बिरुवाबाट जिल्लाका कृषकलाई रु ६४ लाख ९७ हजार ५०० आम्दानी भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक तथा लमजुङका अध्यक्ष अजय तामाङले जानकारी दिए । उनका अनुसार जिल्लामा सबैभन्दा बढी अलैँची उत्पादन गर्नेमा मस्र्याङ्दी गाउँपालिकाका अलैँची कृषक रहेका छन् ।

जिल्लामा ७०० मिटर देखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाइमा गोलसाई र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामसाई र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएको अध्यक्ष तामाङले भने । कृषकले जिल्लामा रामसाई र गोलसाई जातका अलैँची बढी लगाउँदै आएका छन् । करीब एक हजार ५६ हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ ।

लमजुङमा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । भारतको एकाधिकारले कृषकले भने जति मूल्यमा अलैँची दाना बिक्री वितरण गर्न सकेनन् । लमजुङमा उत्पादित अलैँचीको दाना भारतमा बिक्री हुने गर्दछ । अन्तर्राष्ट्रिय मूल्यअनुसार बिक्री गर्न जिल्लाका कृषक बाध्य हुँदै आएको जिल्ला शाखा लमजुङका अध्यक्ष तामाङले बताए । उनले भने, ‘आगामी दिनमा भारतमा मात्र नभई तेस्रो मुलुकमा समेत बिक्री गर्ने तयारी भइरहेको छ ।’

गत वर्ष अलैँची कृषकलाई प्रोत्साहन गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ४० कृषकलाई अलैँची भट्टी वितरण गरिएको थियो । यस वर्षसमेत केही दिनमा ४० अलैँची कृषक छनोट गरी अलैँची भट्टी वितरण गरिने अलैँची महासङ्घ लमजुङले जनाएको छ । जिल्लामा ३५ हजार अलैँची कृषक रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस