२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन मन्त्रालयको विनियोजित शीर्षकमाथि छलफल

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत तीन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल जारी छ । ती मन्त्रालयमा वन तथा वातावरण, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक र कृषि तथा पशुपक्षी छन् ।

प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका राजेन्द्रकुमार केसीले वन तथा वातावरण मन्त्रालयको शीर्षकको खर्च रकममा कटौती गरियोस् भन्ने खर्च कटौतीको प्रस्ताव गर्दै सम्पत्तिको दुरुपयोग गर्नेगरी कतिपय शीर्षकमा बढी बजेट विनियोजन भएको बताए।

नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले तीनै मन्त्रालय शीर्षकको खर्च रकममा कटौती गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै वृक्षरोपण, काठमाडौँ उपत्यकाको जलाधार क्षेत्रको संरक्षण, वातावरण संरक्षणजस्ता विषयलाई बजेटले प्राथमिकता नदिएको तर अन्य शीर्षकमा बढी खर्च गर्ने गरी बजेट आएको बताए ।

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेलले पनि तीनै मन्त्रालय शीर्षकको खर्च रकममा कटौती गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै बजेटले महिला हिंसा नियन्त्रण र यातनापीडितलाई न्याय दिने विषयलाई समेट्न नसकेको भनी सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसका मीनबहादुर विश्वकर्माले कृषि मन्त्रालय शीर्षकको खर्च रकममा कटौती गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्दै कृषिप्रधान नेपालको कृषि उत्पादनको बढावा, आयात प्रतिस्थापनजस्ता विषयलाई बजेटले समेट्न नसकेको तर बजेटमा चालु खर्च अत्याधिक रहे पनि पूँजिगत खर्चतर्फ कम महत्व दिएको बताए ।

कांग्रेसकै उमा रेग्मीले महिला मन्त्रालय शीर्षकको खर्च रकममा कटौती गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै महिला तथा ज्येष्ठ नागरिकका विषयमा बजेटले प्रभावकारी सम्बोधन गर्न नसकेको धारणा राखिन्।

छलफलमा भाग लिँदै कांग्रेसकी पुष्पा भुसालले कृषिमा आयात बढेको, कृषिका कार्यक्रम प्रचारमुखी मात्र रहेको तथा वन संरक्षणमा ठोस कार्यक्रम नआएको आरोप लगाइन् । नेकपाका खगराज अधिकारीले युवालाई कृषिमा आकर्षित गराउन कृषि मन्त्रालयलाई उच्च प्राथमिता दिन सुझाव दिँदै कृषिमा आत्मनिर्भरता बढाउन सुझाव दिए । रासस

प्रतिक्रिया दिनुहोस