आक्रामक बन्दै टेलिकम : सातै प्रदेशमा फोरजी/एलटीई सेवा विस्तार द्रुत गतिमा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

आक्रामक बन्दै टेलिकम : सातै प्रदेशमा फोरजी/एलटीई सेवा विस्तार द्रुत गतिमा


प्रशासन विशेष ब्युरो

२८ जेष्ठ २०७६, मंगलबार


काठमाडौँ । हिमाली क्षेत्रका विकट बस्तीदेखि पहाडी भेगका दुर्गम स्थानमा समेत सेवा विस्तार गर्दै सम्पूर्ण मूलकलाई अत्याधुनिक सञ्चार सेवाहरूमार्फत लाभ पु¥याउन नेपाल टेलिकम लागि परेको छ ।

कम्पनीले मोबाइल सेवाको विस्तार तथा सेवाको गुणस्तर वृद्धिका योजनाहरू तराईका जिल्लाहरूमा पनि प्राथमिकताका साथ अघि बढाएको छ ।

तराई तथा मधेस क्षेत्रमा मोबाइलको बीटीएस टावर निर्माण कार्यलाई तीव्रता दिइएसँगै ती भेगका ग्रामीण बस्तीका बासिँदालाई कम्पनीको सेवामार्फत सस्तो दरमा नेपाल तथा विदेशमा भएका आफन्तसँग कुराकानी गर्न र अन्य सुविधा लिन सहज भएको छ ।

यस आर्थिक वर्षमा हालसम्म कम्पनीले तराईका १७ जिल्लामा मात्र २ सय ६० बीटीएस टावर निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । तराई क्षेत्रका मोरङ, सुनसरी, झापा, चितवन, सप्तरी, पर्सा, सर्लाही, धनुषा, बारा, रौतहट, सिराहा, कञ्चनपुर, बर्दिया, दाङ, कैलाली, महोत्तरी लगायत जिल्लामा कम्पनीले ती बीटीएसहरु सञ्चालनमा ल्याएको हो ।

तराईका अधिकांश जिल्लामा कम्पनीका सेवा उपलब्ध भए तापनि दुर्गम र कम जनघनत्व भएका कतिपय बस्तीमा सेवाको पहुँच स्थापित भएको थिएन । पछिल्लो समयमा धेरै बीटीएस थप गरिएपछि तराईका ग्रामीण भेगमा पनि मोबाइल र इन्टरनेट सेवा सहज रूपले उपलब्ध भएको छ ।

जतिसुकै दुर्गम र विकट स्थानमा रहेका भए पनि सबै नेपालीबिच कम्पनीको सेवा पु¥याई अत्याधुनिक सञ्चार सुविधा प्रदान गर्ने लक्ष्य बमोजिम ती स्थानमा पनि टु जी र थ्रीजी बीटीएस स्थापना गरी सेवा उपलब्ध गराइएको हो ।

धेरै जनघनत्व भएका तराईका जिल्लाहरूमा उपभोक्ताको मागअनुसार कम्पनीका सेवाको पहुँच थप विस्तार गर्नका लागि पनि कम्पनीले बीटीएस निर्माणलाई तीव्रता दिएको हो । नेपाल टेलिकमको एक करोड जीएसएम आयोजना अन्तर्गत ‘प्याकेज ए’ को कार्य लगभग सम्पन्न हुने क्रममा छ ।

प्याकेज ए को ५२ लाख क्षमताको नेटवर्क विस्तार योजना अन्तर्गत काठमाडौँ उपत्यकाबाहेक मध्यमाञ्चल, पूर्वाञ्चल, सुदूर पश्चिमाञ्चल र मध्य पश्चिमाञ्चल क्षेत्रका विभिन्न स्थानमा बीटीएस टावर स्थापना गर्ने कार्य जारी छ ।

कम्पनीको एक करोड जीएसएम आयोजनाका दुई प्याकेजमध्ये प्याकेज बी अन्तर्गत काठमाडौँ उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य पहिले नै शतप्रतिशत सम्पन्न भइसकेको छ ।

मुलुकभर गुणस्तरीय अत्याधुनिक दूरसञ्चार सेवा उपलब्ध गराउने लक्ष्यसहित यस आर्थिक वर्षभित्र थप स्थानमा बीटीएस टावर निर्माण गरी सेवा विस्तार गर्ने लक्ष्यका साथ तीव्र रूपमा कार्य भइरहेको छ ।

मुलुकका सातै प्रदेशमा फोरजी/एलटीई सेवा विस्तार गर्ने कार्य पनि द्रुत गतिका साथ भइरहेको छ । अत्याधुनिक प्रविधिहरू उपयोग गर्दै जीएसएम विस्तारको कार्यलाई थप चुस्त पार्ने लक्ष्य कम्पनीले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस