३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूँजीबजारमा झिनो सुधार

अ+ अ-

काठमाडौं । सोमबार ओरालो लागेको कारोबार मापक नेप्से परिसूचकमा आज झिनो अङ्कले सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.१७ बिन्दुले बढेर एक हजार २७५.९८ अङ्कमा थामिएको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले बढेर २७२.८६ अङ्कमा पुगेको छ ।

स्टकका अनुसार मङ्गलबार कूल १७४ कम्पनीका १५ लाख नौ हजार ८८५ कित्ता शेयर रु ४८ करोड आठ लाख ७६ हजार ९८६ मा खरीद बिक्री भए । कारोबार भएका १२ उपसमूहमध्ये छ उपसमूहको शेयरमात्र बढ्यो । बैंकिङ २.२६, व्यापार ७.६९, विकास बैंक ३.१७, जलविद्युत् ४.६६ र लघुवित्त ३.५८ बिन्दुले बढ्दा म्युचुअल फण्ड शून्यमा रह्यो भने होटल ५.५१, वित्त १.३, निर्जीवन बीमा ४८.३१, उत्पादन ५.१८ र जीवनबीमा १.१ बिन्दुले घटे ।

स्टकका अनुसार आज शिवम् सिमेन्टको शेयर रु तीन करोड ७८ लाख २४ हजार ५२७ मा कारोबार भई शीर्ष स्थानमा रह्यो । त्यस्तै एनआईसी एसिया रु दुई करोड ७४ लाख ५५ हजार ७४५, कृषि विकास बैंक रु दुई करोड ५९ लाख ६७ हजार २९७, नेपाल बैंक रु दुई करोड ४९ लाख ४२ हजार ८५५ र प्रभु बैंकको रु एक करोड ४५ लाख ४८ हजार ५७९ मा कारोबार भइ अग्रस्थानमा रहे ।

यसैगरी पाँचथर पावर कम्पनीका शेयर धनीले ९.५२ प्रतिशतले कमाए । खानीखोला हाइड्रोपावर ९.२३, सिनर्जी पावर डेभलपमेन्ट ७.६९, माउन्टेन हाइड्रो नेपाल लिमिटेड ७.०० र नाग्दी ग्रुप पावर लिमिटेडका शेयरधनीले ६.७२ प्रतिशतले कमाउँदा नेपाल हाइड्रो डेभलपर्सका शेयर धनीले ९.६१, व्लर्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ५.०५, गुह्वेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ४.४७, सूर्योदय लघुवित्त वित्तीय संस्था ४.४३ र युनाइटेड मोदी हाइड्रोपावरका शेयरधनीले ४.२७ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस