घुस लिएको अभियोगमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घुस लिएको अभियोगमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षसहित दुई जनाविरुद्ध मुद्दा


प्रशासन संवाददाता

२७ जेष्ठ २०७६, सोमबार


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राप्तीसोनारी गाउँपालिका–१ लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उक्त वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषध्यक्ष दीपक खुनाले सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी सहज तवरले काठ उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग रु ५ लाख बराबर घुस माग गरेको आरोप लागेको छ ।

साल, सिसौलगायतका काठ र दाउरा लिलाम बिक्रीका लागि भएको बोलपत्र फर्म दर्ता गरिदिने र बोलपत्रसमेत पारिदिने भनी घुस माग गरेको पाइएको आयोगले जनाएको छ ।

आयोगले अध्यक्ष र कोषाध्यक्षलाई बिगोबमोजिमको जरिवाना र कैद सजायकोसमेत माग गरेको आयोगका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस