नेपालबाट चीनमा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसाले कुरा गर्न पाइने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नेपालबाट चीनमा प्रतिमिनेट ३ रुपैयाँ ३ पैसाले कुरा गर्न पाइने


प्रशासन संवाददाता

२७ जेष्ठ २०७६, सोमबार


नेपाल टेलिकम

काठमाडौं । ऊन, नून र सुनको व्यापारबाट शुरु भएको चीनसँगको हाम्रो सम्बन्ध २१औं शताब्दीसम्म आइपुग्दा व्यापार, शिक्षा, स्वास्थ्य,पर्यटन लगायत धेरै क्षेत्रमार्फत अझ प्रगाढ बन्दै गएको छ । चीनमा नेपालीको व्यापार, व्यवसाय र कारोबारमा भएको बढोत्तरीलाई थप सहजता प्रदान गर्दै निरन्तर सम्पर्क र सम्बन्ध मजबुत बनाउन सहयोग पुग्ने गरी नेपाल टेलिकमले ल्याएको चाइना कल अफर लोकप्रिय छ ।

केही महिना अघिसम्म पनि चीनमा फोन गर्दा महशुलको कारणले धित् मरुञ्जेल कुराकानी गर्न अलि असहज हुन्थ्यो । तर पछिल्लो समयमा नेपाल टेलिकमले चीनकै लागि भनेर ‘चाइना कल अफर’ उपलब्ध गराएपछि यो धेरै ग्राहकका लागि वरदान सावित भएको छ । यो छुट योजना पछि चीनमा कुरा गर्दा न्यूनतम प्रतिमिनेट ३ रुपैयाँ ३ पैसा सम्म शुल्क लाग्छ ।

नेपालबाट चीनमा कल गर्न कम्पनीले सो अफर अन्तर्गत दैनिक, साप्ताहिक र मासिक रुपमा प्रयोग गर्न सकिने प्याकहरु उपलब्ध गराइरहेको छ । दैनिक प्याक योजना अन्तर्गत ३५ रुपैयाँले १० मिनेट कुराकानी गर्न सकिन्छ । यो अफर एक दिनमै प्रयोगमा ल्याइसक्नु पर्छ । त्यसैगरी साप्ताहिक प्याक सुविधा अन्तर्गत १ सय ५० रुपैयाँमा ४५ मिनेट र मासिक प्याक अन्तर्गत ५ सय रुपैयाँमा १ सय ६५ मिनेट कुरा गर्न सकिन्छ । यी प्याकहरु क्रमशः सात दिन र एक महिनासम्म प्रयोग गर्न सकिन्छ ।

यसरी कल गर्नका लागि लिइएका प्याक सुविधालाई मिनेटमा गणना गर्दा दैनिक प्याकबाट प्रतिमिनेट ३ रुपैयाँ ५० पैसा, साप्ताहिक ३ रुपैयाँ ३३ पैसा र मासिक प्याक योजनामा ३ रुपैयाँ ३ पैसामा कुराकानी गर्न पाइन्छ ।

यो अफर सबै अन्तराष्ट्रिय एक्सेस कोडहरु ००, १४२४, १४२५ र १४४५ मा उपलब्ध छ । प्याक अफरमा सहभागी नभई फोन गर्दा सामान्य अवस्थाको महशुल दर लागु हुन्छ ।

पछिल्लो समयमा उपलब्ध गराइएको अफरबाट ग्राहकलाई सामान्य अवस्थामा उपलब्ध भन्दा प्रतिमिनेट २०.८९ प्रतिशतसम्म सस्तो सेवा प्राप्त हुन्छ ।

अफरका कारण अब चीनमा कल गर्न महंगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । ‘राष्ट्रको सञ्चार’ को रुपमा आफूलाई स्थापित गराएको नेपाल टेलिकमको यो सेवाले ग्राहक सेवामा समर्पित भएको झल्को दिएको छ ।

चाइना कल अफर अन्तर्गतको विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415*7# मा डायल गरी प्राप्त निर्देशन अनुसार गर्नुपर्छ । त्यसैगरी मोबाइलबाटै एसएमएस पठाएर पनि सुविधा लिन सकिन्छ । दैनिक अफर योजनाका लागि DCHINA, साप्ताहिकका लागि WCHINA र मासिक अफर सुविधाका लागि MCHINA टाइप गरेर १४१५ मा सन्देश पठाउनु पर्दछ ।

नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मार्फत पनि यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । कम्पनीको एप Nepal Telecom बाट पनि यस सम्बन्धी जानकारी लिन तथा प्याकेज खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस