मालीमा भएका साम्प्रदायिक हमलामा ९५ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मालीमा भएका साम्प्रदायिक हमलामा ९५ जनाको मृत्यु


प्रशासन संवाददाता

२७ जेष्ठ २०७६, सोमबार


बामाको । साम्प्रदायिक हमलामा परी मालीको मध्य भागमा रहेको एउटा गाउँमा कम्तीमा ९५ जना मारिएका छन् ।

बन्दुकधारी डोगोन समुदायका आक्रमणकारीहरूले आइतबार रातभरी आक्रमण गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय सुरक्षा श्रोतले सोमबार भन्यो, ‘अहिले सम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ, शवहरू जलेका छन् । मृतकको सङ्ख्या थप केही बढ्नसक्ने सम्भावना छ ।’

कौन्डौ जिल्ला अन्तर्गत पर्ने सोबाने गाउँमा आक्रमण भएको अधिकारीहरुले एएफपीलाई बताएका छन् । रासस/एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस