२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रैथाने जातका धानको बीउ लोप हुँदै

अ+ अ-

रामपुर । पाल्पा जिल्लामा उत्पादन हुने रैथाने जातका धानको बीउ पछिल्लो समय हराउँदै गएको छ । पहिले पहिले परम्परागत ढङ्गबाट रोपिने बर्मेली, अनदी, जर्नेली, बातिसरो, थापाचिनी, बासमति, झिनुवा, आमझोत्ते,लगायतका धानको बीउ लोपोन्मुख अवस्थामा रहेको किसानको भनाइ छ ।

पछिल्लो समय बजारमा पाइने विभिन्न थरिका धानको बीउबाट उत्पादन धेरै हुने, पानी कम लाग्ने भएपछि किसानको यसतर्फ आकर्षण बढेकोे कृषि शाखा कार्यालय रामपुरका कृषि विकास अधिकृत रामहरि पाण्डेयले बताए । उनले उत्पादन बढी हुने, धानको नल छोटो हुने र स्याहार्न पनि सजिलो हुने भएपछि किसान उन्नत धानको बीउतर्फ आकर्षित भएका छन् ।

सावा मनसुनी, शान्ति, जानकी, जीरामसिना, साना मनसुली, युएस, खुमल चार लगायतका धान खरीद गरेर अहिले किसान धानको बीउ राख्न व्यस्त देखिन्छन् । नयाँ उन्नत जातका धानको बीउ लगाएपछि कीरा कम लाग्ने र उत्पादन बढी हुने भएका कारण किसानले पहिले पहिले जस्तो घरमै धानको बीउ राख्ने चलन पनि हराउन थालेको छ । किसानले परम्परागत शैलीमा कृषि कार्य गर्न छाडेको र विभिन्न प्रविधिको प्रयोगले कृषि क्षेत्र सहज बन्न थालेको छ ।

पुराना धानबाट खाना स्वाादिलो भए पनि उत्पादन कम, सिँचाइका लागि पानी धेरै लाग्ने, नल लामो हुने र धान नपाक्दै ढल्ने कारण पनि यसतर्फ किसानको ध्यान कम जान थालेको किसान हुमादेवी देवकोटाले बताए । जिल्लाको आठ हजार ६२० हेक्टर क्षेत्रफल धानका लागि उपयुक्त रहेको कृषि ज्ञानकेन्द्र पाल्पाले जनाएको छ ।

रामपुरका किसान सूर्यप्रसाद रेग्मीले पछिल्लो समय ‘हाइब्रिड’ भनेपछि धेरै फल्ने लोभमा किसान प्रभावित भएको बताए । हाइब्रिड जातका धानभन्दा पुराना नेपालमा उत्पादन हुने धान धेरै स्वादिलो र फाइदाजनक भए पनि यसको महत्व किसानले बुझ्न नसकेको उनको धारणा छ । सातबिसे सेरा धानको बीउ उत्पादन पकेट क्षेत्र रामपुरका संयोजक रहेका रेग्मीले आफ्नो समूहले राम्रो जातका धानको बीज वृद्धिसमेत गर्दै आएको जानकारी दिए ।

पाल्पा जिल्लाका माडीफाँट, अर्गलीफाँट, हेक्लाङ्फाँट, रामपुरफाँट, दोभानलगायतका फाटमा धान उत्पादनका लागि पकेटक्षेत्र मानिन्छ । रामपुर नगरपालिका भित्रमात्रै एक हजार ८०० हेक्टर क्षेत्रफलमा गत वर्ष करीब ७ हजार ६५० मेट्रिक टन धान उत्पादन भएको कृषि शाखा कार्यालयले जनाएको छ ।रासस

प्रतिक्रिया दिनुहोस