काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।
बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीले जानकरी दिए ।
पक्राउ पर्ने सोलुखुम्बुका साङ्गेल शेर्पा रहेका छन् ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।