क्षयरोग नियन्त्रणका लागि सरकार तत्पर : उपेन्द्र यादव « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

क्षयरोग नियन्त्रणका लागि सरकार तत्पर : उपेन्द्र यादव


प्रशासन संवाददाता

२६ जेष्ठ २०७६, आइतबार


काठमाडौं । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले क्षयरोग नियन्त्रणका लागि सरकार लागिपरेको भएको बताएका छन्।

उपप्रधानमन्त्री यादवले भौगोलिक जटिलता र आर्थिक अभावका कारण चुनौतिको रुपमा देखिएको क्षयरोग नियन्त्रणका लागि प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरेर अघि बढने योजना पनि अघि सारे।

आइतबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय क्षयरोग कार्यक्रम’ सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले क्षयरोग नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले नेपालमा पुर्‍याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरे।

उपप्रधानमन्त्री यादवले सरकारले क्षयरोगको नियन्त्रणका लागि विकट क्षेत्रमा पनि जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउने गरी आवश्यक रणनीति तय गर्न लागेको बताए।

उपप्रधानमन्त्री यादवले क्षयरोग निवारणका लागि सरकार प्रतिबद्ध भएर लागिपरेको पनि बताए। नेपालले सन् २०३५ भित्र क्षयरोग नियन्त्रण गर्ने प्रतिबद्धता विश्व स्वास्थ्य संगठनमा जनाइसकेको छ।

सो प्रतिबद्धता पूरा गर्न सरकारले आवश्यक संस्थागत संरचनाको विकास गरिरहेको उपप्रधानमन्त्री यादवको दाबी छ।

प्रतिक्रिया दिनुहोस