चार देशमा राजदूत सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चार देशमा राजदूत सिफारिस


२४ जेष्ठ २०७६, शुक्रबार


सचिव

काठमाडौँ । सरकारले चार देशका लागि राजदूत सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अस्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज, स्पेनका लागि दावाफुटी शेर्पा र बंगलादेशका लागि डा. वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ ।

तत्कालीन राजदूत लक्की शेर्पालाई फिर्ता बोलाईएपछि खाली भएको अस्ट्रेलियामा दाहाललाई पठाइएको हो ।

राजदूत सिफारिस दावाफुटी शेर्पा पहिलो महिला सगरमाथा आरोही पासाङ ल्हामु सेर्पाकी छोरी हुन् । उनी दुई महिनाअघि पासाङ ल्हामु प्रतिष्ठानको अध्यक्ष चुनिएकी थिइन् ।

अघिल्लो सरकारको पालामा नियुक्त राजदूत डा. चोपलाल भुसाललाई फिर्ता गरिएपछि रिक्त बंगलादेशमा सिफारिस डा. मिश्र पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा नेता हुन् ।

सरकारले इजरायलका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई साइप्रसका लागि गैरआवासीय राजदूत नियुक्त गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस