खेल क्षेत्रको विकासले मात्रै समृद्धि सम्भव : मन्त्री विश्वकर्मा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

खेल क्षेत्रको विकासले मात्रै समृद्धि सम्भव : मन्त्री विश्वकर्मा


प्रशासन संवाददाता

२४ जेष्ठ २०७६, शुक्रबार


चितवन । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकासले मात्रै देशमा समृद्धि सम्भव रहेको बताएका छन् ।

एभरेष्ट क्लब चितवनले आजदेखि शुरु गरेको पाँचौँ चितवन च्याम्पियनसीप २०७६ को उद्घाटन गर्दै खेल क्षेत्रको विकासका लागि सरकार लागि परेको बताए ।

मोफसलमा हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । खेल क्षेत्रलाई अघि वढाएर प्रतिस्पर्धी बनाउन सरकार लागी परेको भन्दै उनले नेपाली खेलाडीले प्रतिकूलताका बाबजुद् पनि खेलिरहेको बताए ।

सरकारले खेलाडीको योगदानको कदर गर्दै आजीवन भत्ताको व्यवस्था गरेको उनको भनाइ थियो । खेलाडीको भविष्य सुनिश्चित नभएसम्म युवा पुस्ताको खेलतर्फ आकर्षण बढ्न नसक्ने उनले बताए । उनले भने ‘खेल क्षेत्रमा युवा पुस्ताको आकर्षण घट्यो भने खेलाडीले देशका लागि खेल्न सक्दैनन ।’ राज्यले खेलाडीको स्वास्थ्य, जीवन, दुर्घटना बीमालगायतका काम गरिदिने बताउँदै उनले खेललाई व्यावसायिक र पेशाको रुपमा अघि बढाउन आवश्यक छ भने ।

कार्यक्रममा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की, क्लबका सल्लाहकार सन्तोष पनेरुलगायतले बोलेका थिए । प्रतियोगितामा चितवनका आठसहित १६ समूहको सहभागीता रहेको छ । आजको पहिलो खेल भरतपुर फुटबल क्लब र साविक विजेता गैँडाकोट फुटबल क्लबबीच भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस