नेपाल राष्ट्र बैंकले चार अर्बको ट्रेजरी बिल बिक्री गर्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाल राष्ट्र बैंकले चार अर्बको ट्रेजरी बिल बिक्री गर्दै


प्रशासन संवाददाता

२४ जेष्ठ २०७६, शुक्रबार


राष्ट्र बैंक

काठमाडौ । नेपाल राष्ट्र बैंकले रु चार अर्ब नौ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

राष्ट्र बैंकले एक सूचनामार्फत यही जेठ २७ गते सोमबार उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ ।

बैंकले यसअघि पनि रु पाँच अर्ब १३ करोड बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

केन्द्रीय बैंकले पछिल्ला दिनमा ट्रेजरी बिल र रिपोमार्फत तरलता व्यवस्थापनको काम नियमित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस