प्रचण्ड र इरानी राजदूतबीच भेटवार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड र इरानी राजदूतबीच भेटवार्ता


प्रशासन संवाददाता

२२ जेष्ठ २०७६, बुधबार


काठमाडौं । नेपालका लागि इरानका राजदूत डा. अलि चेगेनीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

प्रचण्ड निवास खुमलटारमा बुधबार अपरान्ह भएको भेटमा नेपालको आर्थिक समृद्धिमा कृषि क्षेत्रको व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको विकासका बारेमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।

अध्यक्ष प्रचण्डले अब आफूहरुको सम्पूर्ण ध्यान मूलुकको आर्थिक समृद्धिमा रहेको बताए । उनले भने, ‘हामी नेपालमा बैदेशिक लगानीका लागि अनुकुल वातावरण बनाउन चाहान्छौं ।’ प्रचण्डले नेपाल प्राकृतिक रुपमा धेरै सुन्दर देश भएकाले पर्यटन क्षेत्रको विकासका लागि प्रशस्त सम्भावना रहेको औल्याए ।

इरानी राजदूत डा. अलिले नेपालमा काम गर्नका लागि आफूहरुसँग राम्रो क्षमता भएको बताए । उनले चिकित्सा शिक्षा, कृषि, खानी लगायतका क्षेत्रमा आफूहरु काम गर्न इच्छुक रहेको पनि बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस