२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चौध विद्यार्थी कुट्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा

अ+ अ-

रोल्पा । विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गरेकी शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिएकी थिइन् । स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’सम्बन्धी मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि १० दिन म्याद थप गरी होलेरी इलाका प्रहरी कार्यालय शिक्षिका पुनलाई सोमबार विद्यालय छुट्टी भएपछि प्रहरीले पक्राउ गरेको थियो । अपराध संहिता २०७४ को दफा ११८ बमोजिम उनलाई एक वर्षसम्म कैद वा १० हजारसम्म जरिवाना वा दुवै सजायसम्म हुनसक्ने कानूनविद्हरुले बताएका छन् । उनले विद्यार्थीलाई कुटपिट गरी हातै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख – प्रहरी नायब उपरीक्षक दीपक खड्काले पक्राउ गर्न निर्देशन दिएका थिए ।

सो घटनामा कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका थिए । आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातको प्लाष्टर गरिएको थियो । उनीहरूको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक घनश्याम शर्माले जानकारी दिए । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए । आफूहरु लाइन लाग्दै गरेको बेला उनले अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको छात्रा भीमकुमारी बाँठाले बताइन् ।

घटना वैशाख १२ गते भएको भए पनि वडा नं ८ का वडाध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गराइएको हल्लेरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस