वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वस्तुगत प्रश्नोत्तर


२२ जेष्ठ २०७६, बुधबार


लोक सेवा तयारी

१. परराष्ट्र मन्त्रालयमा ब्रेन गेन सेनटर (बीसीजी) को आरम्भ कहिले गरिएको हो ?
– वि.स. २०७६ जेठ १७
२. बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सन् २०१९ मे मा सार्वजनिक गरेको विश्वका एक सय प्रभावशाली व्यक्तिको सूचीमा पर्न सफल नेपाली व्यक्तित्व को हुन् ?
– भूमिका श्रेष्ठ
३. सरकारले खाद्य संस्थानलाई कुन कम्पनीका रुपमा सञ्चालमा ल्याउने निर्णय गरेको छ ?
– खाद्य व्यवस्था तथा व्यापार कम्पनी
४. नेपाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी महासन्धिको सदस्यमा कहिले चयन भएको हो ?
– सन् २०१८ डिसेम्बर १२
५. सुदूरपश्मि सरकारले आव २०७६७७ का लागि नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरेको हो ?
– वि.स. २०७६ जेष्ठ १९
६. नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटकीय गन्तव्यकारुपमा विश्वसामु स्थापित गर्ने उदेश्यकासाथ तेस्रो हिमालयन ट्राभल मार्टको आयोजना कहिले र कहाँ गरिएको हो ?
– वि.स. २०७६ जेठ २३–२६, काठमाडौं ।
७. टर्कीमा सन् २०१६ जुलाई २० देखि लगाइएको सङ्कटकाल कहिले हटाइएको हो ?
– सन् २०१८ जुलाई १९ ।
८. नेपालको सबैभन्दा धेरै नगरपालिका भएको जिल्ला रौतहट (१६ वटा) हो भने धेरै गाउँपालिका भएको जिल्ला कुन् हो ?
– धादिङ (११ गाउँपालिका)
९. नेपालको सबैभन्दा बढी स्थानीय तह भएको जिल्ला कुन् हो ?
(सर्लाही (२० स्थानीय तह)
१०. ललितपुर महानगरपालिकालाई हस्तकला नगरी कहिले घोपित गरिएको हो ?
–वि.स.२०७५ कात्तिक २८ गते ।
११. नेपालमा अपाङ्गतालाई कति प्रकारमा वर्गीकरण गरिएको छ ?
– चार
१२. सन् २०१८ मा वल्र्ड रेकर्डमा सूचीकृत भएका नेपालका दुई सम्पदा कुन–कुन हुन् ?
–पशुपतिनाथ र लुम्बिनी (वि.स. २०७५ कात्तिक २५)
१३. ७७ वटै जिल्लामा लागू हुनेगरी नेपाल प्रहरीद्वारा समुदाय–प्रहरी साझेदारी कार्यक्रम कहिलेदेखि सञ्चालन गरिएको हो ?
– वि.स.२०७५ कात्तिक ११
१४.सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन कहाँ आयोजना गरिएको छ ?
– नेपाल(२०७६ जेठ २२–२३)
१५. उपत्यकाको चौडा सडकमा सावारी साधनको गति मापनका लागि हालै प्रयोगमा ल्याइएको प्रविधि कुन हो ?
– लेजर स्पिड गन्
१६. पोलिमर अन्तर्राष्ट्रिय सम्मेलन कहाँ आयोजना गरिने भएको छ ?
– नेपाल
१७. नेपाल र चेम्बर अफ कमर्स (कम्बोडिया) बीच नौ बुँदे सम्झौता कहिले भएको हो ?
– सन् २०१९ मे १३ ।
१८. केन्द्रीय तथ्याङ्क विभागद्वारा वि.सं २०७६ जेठ ६ मा सार्वजनिक राष्ट्रिय लेखा तथ्याङ्क प्रतिवेदन अनुसार आव २०७५ /०७६ सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्ने प्रदेश कुन हो ?
– प्रदेश नम्बर ५
१९. नेपालमै पहिलो मनवअधिकार मैत्री गाउँ घोषणा कुन लाई गरिएको छ ?
– राँचुली गाउँ कालिकोट
२०. नेपालमा बालमैत्री स्थानीय शासन नगर भनी चिनिने ठाउँ कुन–कुन हुन् ?
–देवचुली र सुनवल
२१. नेपालसँग द्विपक्षीय हवाइ सम्झौता भएका राष्ट्रहरु कति छन् ?
– ३९ ( ३९ औँ कम्बोडिया)
२२. प्रदेश नं. २ मा रेडियो नेपालको प्रादेशिक प्रशारण कहिलेदेखि सुरु भएको हो ?
– २०७६ जेठ १८
२३. बीरेठाँटीदेखि मुत्तिनाथसम्मको प्रस्तावित केबलकारको दूरी कति छ ?
– ८३.६५ कि.मि.
२४. काठमाडौं महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा कलेजोको सफल प्रत्यारोपण कहिले गरियो ?
– वि.सं २०७६ जेठ १७
२५. गण्डकी प्रदेश सरकारले कतिवटा पर्यटकीय गाउँ थप्ने योजना तय गरेको छ ?
– ४०
२६. नेपालमा चलचित्र पत्रकारिता दिवस कहिले मनाइन्छ ?
– जेठ ७ गते
२७. अर्थमन्त्री युवराज खतिवडा द्वारा वि.स. २०७६ जेठ १५ मा संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आव २०७६/७७ को बजेटको राशि कति रहेको छ ?
– रु. १५ खर्ब ३२ अर्व ९६ करोड ७१ लाख
२८. नेपालमा डिटिएच प्रविधिको सुरुवात कहिलेबाट भएको हो ?
– सन् २०१०
२९. बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश कहाँ दिएका थिए ?
– सारनाथ
३०. हाल विश्व सम्पदा सूचीमा सबैभन्दा बढी कुन देशका सम्पदा सूचीकृत छन् ?
– इटाली (५३ सम्पदा)


गोरखापत्र 

Tags :
प्रतिक्रिया दिनुहोस