विश्वकप क्रिकेट : अफगानस्तान ३४ रनले पराजित « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेट : अफगानस्तान ३४ रनले पराजित


२२ जेष्ठ २०७६, बुधबार


काठमाडौं । विश्वकप क्रिकेटमा अफगानस्तान ३४ रनले पराजित भएको छ । कार्डिफस्थित सोफिया गार्डेनमा मंगलबार राति भएको खेलमा श्रीलंकाले अफगानस्तानलाई पराजित गरको हो ।

१८७ रनको चुनौती सामना गर्दै अफगानस्तानले ३२.४ ओभरमा १५२ रन मात्र बनाउन सफल भयो । अफगानस्तानका लागि नजिबउल्लह जादरानले ४३ र हजरतउल्लाह शाहिदीले ३० रन बनाए ।

श्रीलंकाका नुवान प्रदीपले ३१ रन खर्चेर ४ विकेट र लासिथ मालिंगाले तीन विकेट लिए ।

सुरुमा टस हारेर ब्याटिङ गरेको श्रीलंकाले ३६.५ ओभरमा सबै विकेटको क्षतिमा २०१ रन मात्रै बनायो ।

श्रीलंकाका लागि कुशल परेराले ७८ र कप्तान दिमुथ करुनरत्नेले ३० रन बनाए भने अन्य खेलाडीहरुले खासै राम्रो रन बनाउन सकेनन् । ७ जना ब्याट्सम्यानले भने दोहोरो  अंकको स्कोर पनि बनाउन सकेनन् ।

यसअघि न्यूजिल्यान्डसँग खेल्दा श्रीलंका १० विकेटले पारजित भएको थियो

अफगानस्तानले भने लगातार दोस्रो हार व्यहोरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस