घाइतेको उपचार गर्न माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

घाइतेको उपचार गर्न माग


२० जेष्ठ २०७६, सोमबार


काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘नेपालका लागि नेपाली’ नामक संस्थाका पदाधिकारी एवम् अभियानकर्मी ज्ञानेन्द्रबहादुर शाहीसहित नौ जनाको उपचार गर्न माग गरेको छ ।

आयोगका सचिव वेद भट्टराईद्वारा आज जारी प्रेस विज्ञप्तिमा उनीहरुलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरी कुटपिट गरेकामा उपचार गर्न आग्रह गरिएको छ । शान्तिपूर्ण सभा सम्मेलन गर्न पाउने अधिकारको सम्मान गर्न, प्रहरीको यातनाका कारण घाइते भएका शाहीको प्रभावकारी स्वास्थ्योपचार गर्न र घरपरिवारलाई भेटघाटको व्यवस्था मिलाउन आयोगले सरकारसँग आग्रह गरेको छ ।

प्रहरी हिरासतमा कुटपिटबाट शाहीको खुट्टामा चोट लागेको र निजलाई पक्राउ गर्दा पक्राउ पुर्जी नदिइएको आयोगको प्रारम्भिक अनुगमनबाट पाइएको विज्ञप्तिमा उल्लेख छ । यस सम्बन्धमा आयोगले थप अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीको कुटपिटबाट घाइते भई वीर अस्पतालको ट्रमा सेन्टरमा उपचाररत् शाहीको स्वास्थ्य अवस्थाबारे आयोगको टोलीले यही जेठ १७ गते जानकारी लिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस