प्रहरी चौकीमा विप्लव समूहको आक्रमण प्रयास, सूचना पाएपछि प्रहरी भागे « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रहरी चौकीमा विप्लव समूहको आक्रमण प्रयास, सूचना पाएपछि प्रहरी भागे


२० जेष्ठ २०७६, सोमबार


विप्लव

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ मा रहेको छेस्काम प्रहरी चौकीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आक्रमण प्रयास गरेको छ । गएराति १२ बजेतिर हतियारसहित आएको समूहले आक्रमणको प्रयास गरेको हो ।

आक्रमणको सूचना पाएपछि चौकीमा रहेका प्रहरीहरु हतियार लिएर भागेपछि सो समूहले हतियार लुट्न पाएन र मानवीय तथा भौतिक क्षति पनि हुन पाएन । चौकीमा चारजना मात्रै प्रहरी थिए । राति चौकी छाडेर भागेका प्रहरी बिहान सात बजे चौकीमा फर्केका थिए ।

सशस्त्र प्रहरी स्रोतका अनुसार आज बिहानै काठमाडौंबाट सशस्त्र प्रहरीको ११ जनाको र नेपाल प्रहरीको २० जनाको विशेष टोली हेलिकप्टरबाट सोलुखुम्बु पुगेर परिचालित भएको छ । विराटनगरबाट पनि प्रहरी टोली सोलुखुम्बु पुगेको बताइएको छ । हतियारधारी समूह जंगलमा देखिएको र त्यसतर्फ सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस