विमानमा बम रहेको हल्ला पछि ….. « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विमानमा बम रहेको हल्ला पछि …..


२० जेष्ठ २०७६, सोमबार


काठमाडौं । सिङ्गापुरमा उडिरहेको विमानमा बम रहेको हल्ला भएपछि यात्रुवाहक विमानलाई सकुशल अवतरण गरिएको छ । हल्लापछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर उडिरहेको विमानलाई सकुशल अवतरण गराएको हो ।

अवतरणपछि विमानमा कुनै विस्फोटक पदार्थ नभेटिएको अधिकारीहरुले जनाएका छन् । फिलिपिनसको सेबुबाट आइतबार उडेको स्कूट वायुसेनाको विमानमा १४४ यात्रु र ५ जना चालक दलका सदस्य सवार थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार विमानमा सवार एक १३ वर्षीय किशोरले सो हल्ला चलाएको जनाइएको छ । प्रहरीले किशोरलाई अनुसन्धानका लागि सोधपुछ गरिरहेका छन् ।

सिङ्गापुरको वायुसेवा स्कूटले द स्रेट्स टाइम्सलाई सो विमान स्थानीय समयअनुसार दिउँसो ४ः४९ बजे अवतरण गरेको र सबै यात्रु सकुशल रहेको बताएको छ ।

सिङ्गापुरका रक्षा मन्त्रीले खतरालाई प्रमाणित नभएसम्म गम्भीरतापूर्वक लिइने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस