विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्ड र पाकिस्तानको प्रतिस्पर्धा हुँदै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

विश्वकप क्रिकेटमा आज आयोजक इंग्ल्यान्ड र पाकिस्तानको प्रतिस्पर्धा हुँदै


२० जेष्ठ २०७६, सोमबार


काठमाडौं । विश्वकप क्रिकेटमा आज आयोजक राष्ट्र इंग्ल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली समय अनुसार ३ बजेर १५ मिनेटमा सुरु हुने खेलमा पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुन लागेको हो ।

इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई हराएर दोस्रो खेल पाकिस्तानसँग खेल्न लागेको हो । ब्याटिङमा अब्बल देखिएको इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गर्दै ३११ रन बनाएको थियो ।

विश्वकपका लागि इंग्ल्यान्ड टिममा कप्तान इओइन मोर्गन, जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन छन्।

यस्तै पाकिस्तानले पहिलो खेल वेष्ट इन्डिजसँग खेलेर ७ विकेटको हार ब्यहोरेको थियो । टस हारेर आफ्नो पहिलो खेलमा वेष्ट इन्डिजविरुद्ध मैदानमा उत्रिँदा पाकिस्तान १०५ रनमै अलआउट भएको थियो ।

यसअघि भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा पाकिस्तानले इंग्ल्यान्डसँग ४–० ले सिरिज गुमाएको छ ।

विश्वकपका लागि पाकिस्तानी टिममा कप्तान सर्फराज अहमद, फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अलि, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अलि, वाहव रियाज, साहिन शा अफ्रिदि छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस