महेन्द्रनगरतर्फ जाँदै गरेको बस दाङमा दुर्घटना, दश घाइत, चारको अवस्था गम्भीर « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महेन्द्रनगरतर्फ जाँदै गरेको बस दाङमा दुर्घटना, दश घाइत, चारको अवस्था गम्भीर


२० जेष्ठ २०७६, सोमबार


दाङ । दाङको लमही नगरपालिका –९ रिहारमा यात्रु बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइते भध्ये चारको अवस्था गम्भीर छ ।

प्रहरीका अनुसार चितवनको नारायणगढबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना६ख १२६४ नम्बरको बस दुर्घटना भएको हो । राति करिब १२ बजेतिर बस दुर्घटना भएको थियो । रिहार नजिकैको जंगलमा यात्रुले शौच गर्ने भनेपछि चालकले बस रोकेको थियो । रोकीराखेको बस आफैं गुडेर सडकबाट १५ मिटर तल खसेको हो ।

घाइतेहरुको लमहीमा उपचार भइरहेको र गम्भीर घाइतेहरुलाई नेपालगञ्ज रिफर गरिएको छ ।

गम्भीर घाइते हुनेमा कैलालीको टिकापुर–८ बस्ने ६५ वर्षीय भागीराम डगौरा, उनकी श्रीमती ६० वर्षीया बेज्या चौधरी, कैलालीकै लम्किचुहा–६ बस्ने ३५ वर्षीय कृष्ण भण्डारी र डडेल्धुरा अमरगढी २ बस्ने ५० वर्षीय गोपाल सार्की छन् ।

बसमा ४० जना यात्रु सवार थिए ।

प्रतिक्रिया दिनुहोस