आधिकारिक ट्रेड युनियनको तेस्रो राष्ट्रिय कार्यशाला तथा भेला कार्यक्रम भोलि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आधिकारिक ट्रेड युनियनको तेस्रो राष्ट्रिय कार्यशाला तथा भेला कार्यक्रम भोलि


प्रशासन विशेष ब्युरो

१८ जेष्ठ २०७६, शनिबार


काठमाडौँ । निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको तेस्रो राष्ट्रिय कार्यशाला तथा भेला कार्यक्रम आइतबार हुँदैछ ।

राजधानीको बबरमहलस्थित कार्की बैंकेटमा ११ बजेदेखि सञ्चालन हुने उक्त कार्यशाला गोष्ठीमा ७७ जिल्ला र ४२ विभागीय कार्य समितिबाट अध्यक्ष, पदाधिकारी लगायत ५ जनाका दरले ५९५ सदस्यहरू उपस्थित हुने आधिकारी ट्रेड युनियनले जनाएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा सञ्चालन हुने उक्त कार्यक्रममा निजामती क्षेत्रमा क्रियाशील राष्ट्रियस्तरका ट्रेड युनियनका प्रतिनिधिहरूसहित कर्मचारी समायोजन, सङ्घीय निजामती सेवा ऐन, सेवा प्रवाहमा आधिकारिक ट्रेड युनियनको भूमिका र जनप्रतिनिधि बिचको अन्तरसम्बन्ध लगायत समष्टिगत शासकीय सुधारका समसामयिक विषयहरूमा छलफल हुने निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका कार्यालय सचिव पुरुषोत्तम भट्टले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस