गोरखापत्रका पत्रकार ढुंगेल सम्मानित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गोरखापत्रका पत्रकार ढुंगेल सम्मानित


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७६, शुक्रबार


काठमाडौँ । गोरखापत्र दैनिकका स्वास्थ्य पत्रकार सरोज ढुंगेललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्मान गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य पत्रकारिता तथा सुर्तीजन्य पदार्थमा उल्लेखनीय योगदान गरेको भन्दै ‘स्वास्थ्य मन्त्री ब्लुमबर्ग पुरस्कार’ शीर्षकमा ढुंगेललाई सम्मान गरेको हो ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले पत्रकार ढुंगेललाई नगद ५० हजार राशि सहित सम्मान गरेका छन् ।

नेपालले धूम्रपान नियन्त्रणमा सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत चेतावनीमूलक चित्र राख्ने कानुन विश्वमा पहिलो पटक बनाएकोमा नेपालले एक लाख डलरको ‘अन्तर्राष्ट्रिय ब्लुमवर्ग फिल एन्थ्रोपिज अवार्ड’ जित्न सफल भएको थियो । त्यही रकमको व्याजवाफत आएको पैसाले धुमपान विरुद्ध काम गर्ने व्यक्ति तथा संघसस्थालाई विश्व धुमपान रहित दिवसको अवसर पारेर सम्मान गरिएको हो ।

यसरी सम्मानित हुनेहरूमा सुर्तीजन्य पदार्थ नियन्त्रण र कानुन निर्माणमा सक्रिय भूमिका खेलेबापत व्यक्तिगत रूपमा पूर्व स्वास्थ्य मन्त्री तथा सांसद खगराज अधिकारी, पत्रकार तर्फ गोरखापत्र दैनिकका सरोज ढुंगेल गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदीलाई सम्मान गरेको हो । यस्तै संस्थागत तर्फ स्वास्थ्य पत्रकार मञ्च नेपाल, सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश नयाँ पत्रिका दैनिक रहेका छन् ।

पुरस्कृत हुने सबैलाई सम्मानपत्र र नगद ५० हजार रुपैयाँले पुरस्कृत गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस