म्यानपावर व्यवसायीद्वारा कामदारको टिकट काट्न बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

म्यानपावर व्यवसायीद्वारा कामदारको टिकट काट्न बन्द


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७६, शुक्रबार


काठमाडौँ । विभिन्न माग राखेर आन्दोलन घोषणा गरेका म्यानपावर व्यवसायीले भिसा लागेका विदेश जाने कामदारको टिकट काट्न बन्द गरेका छन् ।

वैदेशिक रोजगार व्यवसायी महासंघले जेठ २३ गतेसम्म पनि माग सुनुवाई नभए अझै कडा संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।

सरकारले नयाँ व्यवस्थामार्फत राख्न लगाएको धरौटीमा आफूहरुले ब्याज पाउनुपर्ने व्यवसायीको मुख्य माग रहँदै आएको छ । वैदेशिक रोजगार नियमावलीमा व्यवसायीलाई धरौटीमा ब्याज दिने व्यवस्था नभएपनि नियमावलीमै संशोधन गरेर पनि आफूहरुले व्याज पाउनु पर्ने उनीहरुको धारणा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस