विप्लवका कार्यकर्ताद्वारा बसमा आगजनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

विप्लवका कार्यकर्ताद्वारा बसमा आगजनी


१३ जेष्ठ २०७६, सोमबार


सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहले पूर्वी सुर्खेतमा एक यात्रुवाहक बसमा आगजनी गरेका छन् ।

गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना२ख ७४४४ नम्बरको बसलाई विप्लवका कार्यकर्ताले आज बिहान गोचेखोलामा आगजनी गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हतियारसहित आएका विप्लवका कार्यकर्ताले चालक, सहचालक र बसधनीलाई झारेर पेट्रोल छर्केर आगजनी गरेका थिए ।

आगजनीबाट बस पूर्णरुपमा क्षति भएकोप्रहरीले जनाएको छ । बस जेलेको ठाउँ नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस