खानीभञ्ज्याङमा १५५ जनालाई नागरिकता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

खानीभञ्ज्याङमा १५५ जनालाई नागरिकता


१२ जेष्ठ २०७६, आइतबार


ओखलढुङ्गा । खानीभञ्ज्याङमा सञ्चालित घुम्ती शिविरमा १५५ जनालाई नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय र चिसङ्खुगढी गाउँपालिकाले संयुक्त रुपमा आयोजना गरेको एकीकृत घुम्ती शिविरमा उनीहरुलाई नागरिकता वितरण गरिएको हो ।

नागरिकता बनाउनेमा वृद्धवृद्धा, फरक क्षमता भएका व्यक्ति, एकल महिलालगायत रहेको प्रजिअ गणेश आचार्यले बताए । ‘सहजै सरकारी सुविधा उपलब्ध गराउन शिविर सञ्चालन गरेका हौँ,’ उनले भने, ‘सरकारी सेवालाई सहज र सुलभ बनाउन गाउँमा हाम्रो उपस्थिति बढाएका हौँ ।’ जिल्लाका अन्य स्थानीय तहसँग समन्वय गरी शिविर गाउँगाउँमा सञ्चालन गरिने उनको भनाइ छ ।

शिविरमा प्रशासन, प्रहरी, मालपोत, कृषि, स्वास्थ्य, घरेलु, निर्वाचनलगायत कार्यालयले सेवा उपलब्ध गराएको थियो । सो अवसरमा १५६ जनाले स्वास्थ्य जाँचससमेत गराएका थिए । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्ति शिविरबाट बढी लाभान्वित भएका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस