सहकारी र यसका मूल्यहरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सहकारी र यसका मूल्यहरु


भुवन ज्ञावाली

१२ जेष्ठ २०७६, आइतबार


प्रश्नः सहकारी भन्नाले के बुझिन्छ ? सहकारीको मूल्यहरु उल्लेख गर्नुहोस् ।

परिभाषाः
“सँगै हिडौं, सँग सँगै मिलेर केही गरौ र एक आपसमा मिलेर बसौं नै सहकारी हो ।”

सहकारी संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रणमा रहने उद्यमको माध्यमबाट आफ्ना समान आर्थिक, समाजिक तथा साँस्कृतिक आवश्यकता एवं आकांक्षाको अभिप्राप्तिका लागि स्वेच्छाले एकताबद्ध व्यक्तिहरुको स्वायत्त संगठन हो ।

  • एकका लागि सवै, सवैको लागि एक भन्ने सहकारीको आदर्श अनुरुप आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका लागि सदस्यहरुको बीचमा मात्र कारोवार गर्ने गरी स्थापित संस्थालाई सहकारी संस्था भनिन्छ ।

सहकारीका मूल्यहरुलाई देहाय बमोजिम उल्लेख गर्न सकिन्छः

१. आधार मूल्यहरु (Basic Values): सहकारी संस्था र सदस्यहरुवीचको सम्वन्ध रचना गर्ने आन्तरिक प्रकृतिका देखिन्छन्  । जसलाई संक्षेपमा विचेचना गरिएको छ ।

क.स्वावलम्वन (Self – Help): सहकारी सदस्यहरुले स्वावलम्वनमा विश्वास गर्दछन् । परमुखापेक्षी सोचले सहकारी संस्थाको स्थापना गरिएको हुँदैन ।

ख. स्व-उत्तरदायित्व (Self- Responsibility): आफ्नै आह्वानमा जिम्मेवारि लिनुपर्दछ भन्ने विस्वास स्व-उत्तदायित्वको मूल्य हो ।

ग. लोकतन्त्र (Democracy): सदस्यहरुको सक्रिय सहभागिता रहने प्रजातान्त्रिक विधि नै संङ्गठनका आर्थिक सामाजिक क्रियाकलापहरुलाई सुव्यवस्थित गर्ने सर्वोत्तम विधि हुन्छ ।

घ. समानता (Equality): सदस्यहरुवीच भेदभाव रहित व्यवहार गरिनुपर्दछ । समान सदस्यहरुबीच समानता हुँदैन भने संङ्गठन विकास हुँदैन ।

ङ.समता (Equity): सहकारी सदस्यहरुले एक अर्कालाई मर्का पारी आफ्नो फाइदा लिनु हुँदैन भन्ने विस्वास गर्दछन् ।न्यायको मूल्य शोषणविहिन आर्थिक सम्वन्धहरु प्रवर्द्धन गर्ने मूल्य हो ।

च. ऐक्यवद्धता (Solidarity): ऐक्यवद्धताको मूल्य भनेको एकता माथिको विश्वास हो । समान आकाङ्क्षा राख्ने मानिसहरुले एकजुट भएर प्रयास गरेको खण्डमा आफ्नो आकाङ्क्षा साकार पार्न सक्दछन् ।

२.नैतिक मूल्यहरु (Ethical values)नैतिक मूल्यहरु बिशेषतः सहकारी संगठन र समाजबीचको सम्वन्धसँग गाँसिएका देखिन्छन् जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ ।

क. इमान्दारी (Honesty): गैरसदस्य समुदायलाई नछल्ने मूल्य इमान्दारिताको मूल्य हो । सहकारी संस्थाहरुले स्वभावैले देशको कानुन पालना गर्दछन् र तिनका क्रियाकलापहरु पारदर्शी (Transparent) हुन्छन् ।

ख. खुलापन (Openness): खुलापनको मूल्य वस्तुतः स्वतन्त्रता (Liberty) को मूल्य हो । सहकारी संस्थाको सेवा उपयोगकर्ता गैरसदस्यका लागि संस्थाको सदस्यता सधै खुल्ला रहन्छ भने सदस्यता त्याग गर्न चाहने सदस्यले पनि जुनसुकै वेला संस्था छोडी जान सक्छ ।

ग. सामाजिक उत्तरदायित्व (Social Responsibility): सहकारी संस्थाहरुले समाजिक उत्तरदायित्व ग्रहण गर्दछन् । समाजको एकाईको रुपमा जुनसुकै संगठनको समाजप्रति जिम्मेवारी रहन्छ र सो जिम्मेवारी पुरा नगर्ने संगठन  समाजग्राह्य हुँदैन ।

घ. अरुको हेरचाह (Caring for Others): गैर-सदस्य समुदायको विचार अरुको हेरचाहको मूल्य हो । सहकारी सदस्यहरुले सम्भव उपायहरुद्वारा समाजका हरु सदस्यहरुको समेत भलो गर्न खोज्दछन् ।

उपसंहारः सहकारी आर्थिक समृद्धिको आधार हो र विकासको एउटा प्रमुख संवाहक पनि हो । सहकारीका मूल्य र सिद्धान्तहरुको सहि प्रयोग र पालना गर्नु नै सहकारीको मूल उद्देश्य हुनु जरुरी रहन्छ । सम्पूर्ण सदस्यहरुमा रहेको ज्ञान, सिप, क्षमताको विस्तार गर्न विशेष सोच राख्नु पर्दछ साथै  समय र आवश्यकता अनुसार सहि व्यवस्थापकिय भूमिका सहित सहकारीको सञ्चालन गर्नु आजको आवश्यकता हो ।

 स्रोत:- नेपालको १४ औं योजना (२०७३/०७४ – २०७५/०७६ )

  • सहकारी संवाद पत्रिका
  • google.com/co-op.chapter

Tags :
प्रतिक्रिया दिनुहोस