पूर्वप्रधानन्यायाधीस खत्रीको निधनको शोकमा आइतबार देशभरका अदालतमा बिदा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

पूर्वप्रधानन्यायाधीस खत्रीको निधनको शोकमा आइतबार देशभरका अदालतमा बिदा


१२ जेष्ठ २०७६, आइतबार


काठमाडौ । सर्वोच्च अदालतलले पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आइतबार सबै अदालतमा बिदा दिने निर्णय गरेको छ ।

सर्वोच्च अदालतले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश खत्रीको निधनको शोक प्रकट गर्न देशभरका जिल्ला, उच्च, सर्वोच्च, विशेष तथा न्यायाधिकरण शोक बिदाका रुपमा बन्द रहने जनाइएको छ ।

शनिबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले आइतबार शोक बिदा दिने निर्णय गरेको हो ।

उनको अल्जाइमर रोगका कारण मेडिसिटी अस्पताल नक्खुमा उपचारका क्रममा बुधबार ९६ वर्षको उमेरमा निधन भएको थियो ।

ललितपुर जिल्लामा मेजर दिलबहादुर खत्री र आमा अप्सरादेवी खत्रीको सन्तानका रुपमा १९८० असोज ३ गते जन्मेका खत्री २०३३ साल साउन २४ गतेदेखि २०४२ मङ्सिर २५ गतेसम्म सर्वोच्च अदालतको प्रधानन्यायाधीश भएर काम गरेका थिए ।

वि.स. २००४ मा मुलुकी अड्डा ऐसवाल फाँटबाट सरकारी सेवामा प्रवेश गरेका पूर्वप्रधानन्यायाधीश खत्रीले २००९ सालमा कानून मन्त्रालयको सचिव हुँदै प्रधानन्यायाधीश भई न्यायको क्षेत्रमा योगदान दिएका थिए ।

प्रतिक्रिया दिनुहोस