सामान्य प्रवक्त्ताको जिम्मेवारी बराललाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सामान्य प्रवक्त्ताको जिम्मेवारी बराललाई


प्रशासन विशेष ब्युरो

१० जेष्ठ २०७६, शुक्रबार


काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रवक्त्तामा सहसचिव भूपाल बराल तोकिएका छन् ।

मन्त्रालयले शुक्रवार मन्त्रालयका प्रवक्त्ताको जिम्मेवारी सहसचिव बराललाई दिएको हो ।

तत्कालीन प्रवक्त्ता सुरेश अधिकारी सचिवमा बढुवा भएसँगै हप्तौँदेखि मन्त्रालय प्रवक्त्ताविहिन रहेको थियो ।

सम्बन्धित समाचार : सामान्य प्रशासन मन्त्रालय प्रवक्त्ता विहिन

नवनियुक्त प्रवक्त्ता बरालले मन्त्रालयबाट भए गरेका निर्णयहरू छिटो, छरितो र प्रभावकारीरुपमा सार्वजनिक गर्ने प्रयत्न रहने बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस