विमानस्थलबाट बरामद नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विमानस्थलबाट बरामद नक्कली भारु ७ करोड ६७ लाख ९४ हजार


प्रशासन संवाददाता

१० जेष्ठ २०७६, शुक्रबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद गरिएको भारतीय जाली नोटको परिणाम करिब पौने ८ करोड रहेको पुष्टि भएको छ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरका अनुसार कतार एयरवेजबाट काठमाडौं आएका ३ जना यात्रुबाट ७ करोड ६७ लाख ९४ हजार नक्कली नोट बरामद भएको हो।

भारु नोट ल्याउनेमा ३ पाकिस्तानी र नोट लिन विमानस्थल पुग्ने ३ नेपाली पक्राउ समेत परेका प्रमुख ठाकुरले जानकारी दिए। पक्राउ पर्नेमा पाकिस्तानी नागरिक नासिर उद्धिन, नादिया अनवर, मोहमद अख्तर रहेका छन्। यस्तै नोट लसन विमानस्थल पुग्ने नेपाली नागरिक युनुस अन्सारी सहित सोयर खान र सुजन रानाभाट पनि पक्राउ परेका छन्।

अन्सारी जाली नोटकै कारोबारमा पटक-पटक पक्राउ परिसकेका छन्। केन्द्रीय कारागारभित्रै रहँदा अन्सारीमाथि गोली प्रहार भएको थियो।

नेपालमा भारतीय २ हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया दिनुहोस