७० हजार अमेरिकी डलरमा क्यारेबियन लिग खेल्दै सन्दीप « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

७० हजार अमेरिकी डलरमा क्यारेबियन लिग खेल्दै सन्दीप


९ जेष्ठ २०७६, बिहिबार


काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने ७० हजार अमेरिकी डलरमा क्यारेबियन लिग खेल्ने भएका छन् ।

इंग्ल्याण्डमा बुधवार राती भएको ड्राफ्टमा सन्दीपलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले छनोट गरेको जनाइएको छ।

गत वर्षको सिजनमा सन्दीप ५ हजार डलरमा सेन्ट किट्स एण्ड नेभिस प्याट्रीएट्समा आवद्ध भएका थिए ।

ड्राफ्टको सूचीमा नेपालका चार जना खेलाडी दर्ता भएका छन्। नेपालबाट सन्दीप लामिछाने दोस्रो पटक पर्दा ‍तीव्र गतिका बलर सोमपाल कामी, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा छन्। सन्दीप बाहेक अन्य खेलाडीलाई अहिलेसम्म कुनै पनि टिमले भित्र्याएका छैनन्।

ड्राफ्टमा नेपालका चार खेलाडीसहित २० देशका ५ सय ३६ खेलाडी छन्।

सिपिएल आगामी ४ सेप्टेम्बरदेखि १२ अक्टोबरसम्म हुनेछ। सिपिएलमा ६ टिम सहभागी हुनेछन्। जसमा बार्बाडोस ट्रिडेन्ट्स, गुयना अमाजोन वारियर्स, जमैका तालावाहस, सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्स, सेन्ट लुसिया र ट्रिन्बागो नाइटराइडर्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस