एचआईभी संक्रमित गोपालले गरे सगरमाथा आरोहण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एचआईभी संक्रमित गोपालले गरे सगरमाथा आरोहण


८ जेष्ठ २०७६, बुधबार


पोखरा । पोखराका गोपाल श्रेष्ठले विश्वको सर्वोच्च शिखर सगरमाथाको बुधवार बिहान आरोहण गरेका छन्। पोखराको रत्नचोकका ५६ वर्षीय श्रेष्ठ २५ वर्ष देखि एचआईभी संक्रमति हुन्।

श्रेष्ठ सहित ६ जनाको टोली बुधवार बिहान ८ बजे तिर सगरमाथाको आरोहोण गरेको सम्पर्क अधिकृत (लियाजन अफिसर) ज्ञानेन्द्र श्रेष्ठले अन्नपूर्णलाई जानकारी दिए।

सगरमाथा आरोहण गरेर श्रेष्ठ आधारशिविर तर्फ फर्कदै गरेको पनि उनले सुनाए। सन् २०१५ मा सगरमाथा आरोहणकालागि प्रयास गरेका श्रेष्ठ त्यति बेला भूकम्पका कारण आधाशिविरबाट फर्केका थिए। उनले आप्ना ५ जना सहयात्रीलाई त्यति बेला गुमाएका थिए।

लक्ष्यबाट पछि हट्नु हुँदैन भन्दै उनि दोस्रो पटक एचआइभी संक्रमितहरुको प्रतिनिधित्व गर्दै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि गएका थिए। लक्ष्य हासिल गर्दै एचआइभी संक्रमित सगरमाथा चढ्ने उनि पहिलो भए।

श्रेष्ठले सन् २००३ मा आफू एचआईभी संक्रमित भएको सार्वजनिक गरेका थिए। उनी पूर्व राष्ट्रिय फुटबल खेलाडी हुन्। श्रेष्ठले चैत २४ गते ड्रिमर्स डेस्टिनेसन ट्रेक्स एण्ड एक्सपिडिसन प्रालि एजेन्सी मार्फत सगरमाथा आरोहणको अनुमती पाएका थिए।

हिमाल आरोहणका लागि उनी तीन दिन अघि आधारशिविरबाट सगरमाथा उक्लेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए। श्रेष्ठले सगरमाथा हिमाल आरोहण गर्नु अघि भर्जिन पिक, थोरङला पास, आइसल्याण्ड पिक लगायतका विभिन्न पिक र हिमालको आरोहण गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस