अध्यक्ष प्रचण्ड र बेलायती मन्त्रीबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अध्यक्ष प्रचण्ड र बेलायती मन्त्रीबीच भेटवार्ता


८ जेष्ठ २०७६, बुधबार


ललितपुर  । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सागले भेटवार्ता गरेकी छन् । ललितपुरस्थित अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका बिषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताएका थिए ।

‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्याबहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं’ भेटमा अध्यक्ष प्रचण्डले भनेका थिए ।

उनले शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको देशको आर्थिक समृद्धिमा नै एक मात्र लक्ष्य रहेको प्रष्ट्याएका थिए ।

त्यसक्रममा बेलायतकी मन्त्री सगले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताइन् । उनले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरुको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस