१५ किलो चरेशसहित तीन जना पक्राउ « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

१५ किलो चरेशसहित तीन जना पक्राउ


८ जेष्ठ २०७६, बुधबार


pakrau

काठमाडौं । काठमाडौँको बलम्बु क्षेत्रबाट १५ किलो चरेशसहित तीन जनालाई पक्राउ गरेको छ ।

केही व्यक्तिले लागुऔषध कारोवार तथा ओसारपसार गर्दै छन् भन्ने सूचनाका आधारमा मङ्गलबार साँझ महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले चरेशसहित पक्राउ गरेको हो ।

खोजतलास गर्ने क्रममा चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डाबाट पक्राउ परेका उनीहरुको विषयमा थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा एक महिला छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस