१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विकास र समृद्धिको मार्गप्रशस्त गर्ने कानून आवश्यक छ : गृहमन्त्री थापा

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विकास र समृद्धिको मार्गप्रशस्त गर्नका लागि उपयुक्त कानूनको आवश्यकता रहेको बताएका छन् । नेपाल कानून आयोगले ‘जग्गा प्राप्तिसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’बारे आज यहाँ आयोजना गरेको अन्तरक्रियामा गृहमन्त्री थापाले देशको विकास र सुरक्षाका निम्ति कडा कानूनको आवश्यकता रहेकामा जोड दिए ।

कानून आयोग र कार्यदलले मेहनेतका साथ विधेयक तयार पारेकामा धन्यवाद दिँदै उनले रचनात्मक सुझावलाई समेटेर परिमार्जन गर्न आयोगलाई सुझाव दिए ।

नेपाली जनताको हित, राष्ट्रको विकास तथा सुरक्षाका दृष्टिले विधेयक महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भूमिसम्बन्धी नीति ठीक ढङ्गले बनाउन नसक्दा वा भएका नीतिलाई कार्यान्वयन गर्न नसक्दा देशको विकासले गति लिन नसकेको जिकिर गरे ।

भूनीतिका आधारमा विश्वका विभिन्न देशले विकास गरेको प्रसङ्ग जोड्दै उनले स्पष्ट भूनीति भएका देशले सार्वजनिक सुरक्षमा समेत सफलता हासिल गरेको भनाइ राखे ।

गृहमन्त्री थापाले विकासका लागि औद्योगिक क्षेत्र र सुरक्षा प्रतिष्ठान निर्माण आवश्यक रहेको बताउँदै कुनै ठाउँमा बाटो विस्तार, औद्योगिक क्षेत्र, जलविद्युत् निर्माण गर्दा राजनीतिक वा भूमाफियाको चलखेल हुने गरेकाले यसका निम्ति कडा कानून बनाउनु जरुरी रहेको औँल्याए ।

प्रतिक्रिया दिनुहोस