अवैध लागूऔषध गाँजा र चरेश बरामद « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अवैध लागूऔषध गाँजा र चरेश बरामद


प्रशासन संवाददाता

३ जेष्ठ २०७६, शुक्रबार


पर्सा । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले आज ३६५ किलो लागुऔषध गाँजा र चरेश बरामद गरेको छ ।

प्रहरी निरीक्षक आशिष अधिकारीका अनुसार पटेर्वा सुगौली गाउँपालिका–४ देउरीया टोलमा एक घरमा छापा मार्दा ३५८ किलो गाँजा र सात किलो चरेश बरामद गरिएको हो ।

प्रहरीले सोही ठाउँबाट चरेश बनाउने तीन वटा मेसिन, प्याकेट बनाउन प्रयोग हुने गुल २ प्याकेट, प्याकिङ गर्ने तीन बोरा प्लाष्टिक र १९ थान काठको फर्मा समेत बरामद गरेको बताइएको छ ।

अवैध रुपमा लागुऔषध भण्डारण गरी राखिएको सूचना प्राप्त भएपछि देउरिया टोलका तुसर माझिको घरमा छापा मार्दा उक्त लागुऔषध भेटिएको भए पनि घरधनी माझिको मृत्यु भइसकेकाले कसैलाई समात्न नसकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस